सन्दीप सोमबार एसिया कप खेल्न पाकिस्तान जाने

काठमाडौँ । नेपाली क्रिकेट टोलीका स्पिन बलर सन्दीप लामिछाने एसिया कप क्रिकेट प्रतियोगिता खेल्न पाकिस्तान जाने भएका छन् । सन्दीप एसिया कप खेल्न सोमबार बिहान पाकिस्तान प्रस्थान गर्ने उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले जानकारी दिए ।
सन्दीपको मुद्दामा आइतबार काठमाडौँ जिल्ला अदालतमा पेसी तोकिएको थियो । तर, आइतबार सुनुवाइ हुन सकेन । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकिएको मुद्दा ‘हेर्न नभ्याइने’ भन्दै पन्छाइएको थियो ।
उनको मुद्दाको अर्को पेशी भदौ २१ गते तोकिएकाले उनी प्रतियोगिता खेल्न पाकिस्तान जाने निश्चित भएको हो । एसिया कपको उद्घाटन खेल भदौ १३ गते नेपाल र पाकिस्तानबीच हुँदै छ । खेल पाकिस्तानको मुल्तानमा हुनेछ ।
त्यसको चार दिनपछि नेपालले भारतसँग दोस्रो खेल खेल्नेछ । मुद्दाको पेशी भदौ २१ गते तोकिएकाले त्यसअगावै सन्दीप काठमाडौँ फर्कने जानकारी पनि कानुन व्यवसायी घिमिरेले दिए । ‘सन्दीप सोमबार एसिया कप खेल्न पाकिस्तान जानेछन्,’ उनले भने ।
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया