डेङ्गु सङ्क्रमणले ४२ दिनकी सुत्केरीको मृत्यु

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका–७ की ४२ दिनकी एक सुत्केरीको डेङ्गु सङ्क्रमणका कारण मृत्यु भएको छ ।
रौतामाई गाउँपालिकाका अनुसार डेङ्गु सङ्क्रमणबाट मृत्यु हुने महिला रौतामाई–७ शिखर गाउँकी २४ वर्षीया सुमित्रा मगर रहेकी छन् ।
गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरका अनुसार सुमित्रालाई डेङ्गु सङ्क्रमण भएपछि उपचारका लागि जिल्ला अस्पताल गाईघाटमा उपचार गराएको र जिल्ला अस्पताल उदयपुरले अन्यत्र रिफर गरेपछि उनलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा लगेर उपचार भइरहेको थियो ।
उपचारका क्रममा नै सोमबार सुमित्राको विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको रौतामाई गाउँपालिकाका अध्यक्ष मगरले बताए । मृतक सुमित्राको ४२ दिनको नानी छ भने सोमबार नै उनको शवलाई गाउँमा ल्याएर मगर संस्कारअनुसार अन्त्येष्टि गरिएको गाउँपालिकाका अध्यक्ष मगरले बताए ।
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार हालसम्ममा जिल्लामा झण्डै एक हजारको सङ्ख्यामा डेङ्गुबाट सङ्क्रमित भइसकेका छन् भने दुईको मृत्यु भएको छ ।


















एलआरआर मोटर्सको जिली इएक्स५ ‘सुपर सेल्स एन्ड एक्सचेन्ज कार्निभल’ हुँदै
कांग्रेस विवादको मुद्दा ‘हेर्दाहेर्दै’मा
सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको छलफल
सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसका खड्काको उम्मेदवारी
नक्कली नोटसहित रुपन्देहीबाट चार जना पक्राउ
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा (भिडियो)
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
प्रतिक्रिया