आज सिंह राशिकाे आम्दानीको स्रोत बढ्ने, अन्यकाे कस्तो छ भाग्य ?

काठमाडाैं । आज भदाै १३ गते बुधबार । साउन शुक्ल चतुर्दशी । पञ्चाङ्ग : अतिगंड वणिज धनिष्ठा , पूर्णिमा व्रतरविश्व बेपत्ता विरुद्धको दिवस । अगस्ट ३०तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष- आज कुनै कामको सिलसिलामा लामाे यात्रामा जानु पर्नेछ । व्यापार-व्यवसायमा नयाँ सम्झौता वा साझेदारी हुन सक्छ। परिवारमा शुभ कार्यको अवसर मिल्नेछ । परिवारमा नयाँ पाहुनाको आगमन हुनसक्छ ।
वृष- आज तपाईको कुनै रोकिएको काम पूरा हुने दिन छ। स्वास्थ्यमा केही समस्या देखिनेछ । व्यापार–व्यवसायमा लाभ मिल्नेछ । परिवारमा पाहुनाको आगमन हुनेछ ।
मिथुन- दिन उतारचढावले भरिपुर्ण रहने छ। आज नचाहेर पनि परिवारको सम्बन्धमा ठूलो निर्णय लिनु पर्ने हुनसक्छ। व्यापारमा प्रतिद्वन्द्वीले काम बिगार्न सक्छन्। पत्नीसँग मतभेद रहनेछ।
कर्कट- आज भित्रैबाट बलियो महसुस हुनेछ, जसका कारण विरोधीहरूले सामना गर्न सक्ने छैनन्। परिवारमा शुभ कार्यको सम्भावना रहनेछ । व्यापार व्यवसायमा ठूलो आर्थिक लाभ मिल्नेछ ।
सिंह- परिवारमा कसैको पदोन्नति हुन सक्छ। आम्दानीको स्रोत बढ्नेछ । वाणीमा संयम राख्नुहोला। पत्नीको स्वास्थ्यमा केही समस्या आउनेछ ।
कन्या- आज तपाई कुनै ठूला काममा साझेदार बन्न सक्नुहुन्छ। पुरानो साथीसँग भेट हुन सक्छ। व्यापार–व्यवसायमा केही परिवर्तन आउने देखिन्छ । श्रीमतीसँग चलिरहेको मनमुटाव समाधान हुनेछ।
तुला- मन अशान्त रहन सक्छ। आज स्वास्थ्यमा केही समस्या आउनेछ । पारिवारिक विवादमा फस्न सकिनेछ। व्यापार–व्यवसायमा ह्रास आउने छ । पत्नीको स्वास्थ्य बिग्रन सक्छ। साथीभाइबाट आर्थिक सहयोग लिनुपर्नेछ ।
वृश्चिक- आज तपाईको ‘मूड’ कुनै कारणले खराब रहनेछ। परिवारमा नजिकको व्यक्तिको दुखद समाचार आउनेछ। व्यापारमा कसैलाई विश्वास गर्नु तपाईंको लागि हानिकारक हुनेछ।
धनु- दिमागमा नयाँ कार्यको लागि कार्य योजना बन्न सक्छ। आज सोचेका काम पूरा हुनेछन्। परिवारमा शुभ कार्यको सम्भावना रहनेछ। श्रीमती तथा सन्तानको स्वास्थ्यमा केही समस्या देखिनेछ।
मकर- केहि महत्वपूर्ण कार्यहरु सम्पन्न हुनाले सामाजिक तथा राजनैतिक क्षेत्रमा मान सम्मान मिल्नेछ । व्यापार–व्यवसायमा ठूला व्यक्तिसँग सम्झौता हुनसक्छ । पुरानो विवादमा अदालतबाट विजय प्राप्त हुनेछ।
कुम्भ- आज विशेष व्यक्तिसँग भेटघाट हुनेछ। श्रीमती तथा सन्तानको स्वास्थ्य बिग्रन सक्छ ।
मीन- सामाजिक तथा राजनीतिक क्षेत्रमा ठूलो पद वा जिम्मेवारी मिल्नेछ । व्यवसायमा आज कुनै नयाँ काम सुरु गर्न सकिनेछ ।
















कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छः सभापति थापा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया