कांग्रेस सहमहामन्त्री यादव आईसीयूमा

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको आईसीयूमा राखेर उपचार भइरहेको राष्ट्रिय ट्रमा सेन्टरले जनाएको छ।
ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डा. बद्री रिजालले विज्ञप्ति निकालेर चिकित्सकको निगरानीमा सहमहामन्त्री यादवको आईसीयूमा उपचार भइरहेको उल्लेख गरेका छन् ।
उनको टाउकोको पछिल्लो भाग तथा गर्धनमा धारिलो हतियार प्रयोग भएकाले त्यसका कारण गहिरो घाउ भई रक्तश्राव भएको विज्ञप्तिमा उल्लेख छ। न्युरोसर्जरी रअर्थोपेडिक सर्जरीबाट विज्ञ डाक्टरहरूद्वारा अपरेसन गरी रक्तश्राव रोकिएको र घाउमा टाँका लगाइएको अस्पतालले जनाएको छ।
उनलाई चिकित्सकको निगरानीमा राखिएको र स्वास्थ्य अवस्था स्थिर रहेको विज्ञप्तिमार्फत् जनाइएको छ।
सहमहामन्त्री यादवलाई बुधबार दिउँसो नुवाकोट घर भई बालाजु बस्ने श्यामबाबु सापकोटाले खुकुरी प्रहार गरेका थिए। उनलाई प्रहरीले पक्राउ गरिसकेको छ ।










मकवानपुरमा थपिए १४ हजार ६०३ नयाँ मतदाता
महेश बस्नेतमाथि रातो मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा
पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चीनबाट सामान आयतमा समस्या
ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो निगरानी यन्त्र तोडेर भाग्न खोजेको आरोपमा पक्राउ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
प्रतिक्रिया