शुक्रबार, वैशाख ४, २०८३

नेप्सेमा आज पनि पहिरो, कारोबार रकम भने बढ्यो

मेरोन्यूज २०८० भदौ २१ गते १५:२८

काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा पहिरो गएको छ । मंगलबार साढे ६ अंक घटेर बन्द भएको नेप्से आज यस दिन नेप्से परिसूचक २८.९२ अंक घटेर १९३२.४५ विन्दुमा झरेको छ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

आज सेन्सेटिभ इण्डेक्स ५.६५, फ्लोट इण्डेक्स १.९२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७२ अंक घटेर बन्द भएको छ।

नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ। मंगलबार साढे ७९ करोडको शेयर कारोबार भएको बजारमा आज २७६ स्टकको ३२ हजार १३९ पटकको कारोबारमा १ अर्ब १५ करोड ९ लाख रुपैयाँ बराबरको ३७ लाख ६९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बिहीबार शुभम पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, थ्रीस्टार हाइड्रोपावरको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ। बाराही हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.७१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज लिबर्टी इनर्जी शीर्ष स्थानमा रहेको छ। कम्पनीको ६ करोड १५ लाख ४१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, सोल्टी होटलको ४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

बिहीबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.५२ प्रतिशत घटेको छ। त्यस्तै, अन्य उपसमूहको परिसूचक २.०४ प्रतिशत घटेको छ भने बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रतिक्रिया