कोशीमा कार्कीले शपथसँगै तीन सदस्यीय मन्त्रिपरिषद् बनाउने

विराटनगर । सर्वोच्च अदालतको परमादेश बमोजिम कोशी प्रदेशमा आज नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री बन्दैछन् ।
सर्वोच्च अदातलको न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदी संम्मिलित पूर्ण इजलासले बिहीबार प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेता हिक्मत कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
त्यही परमादेश अनुसार प्रदेश प्रमुखको कार्यालयले आजै कार्कीलाई मुख्यमन्त्रीमा नियुक्र गरी शपथ ग्रहण गराउने तयारी गरेको हो ।
मुख्यमन्त्री कार्कीले शपथ ग्रहणसँगै २ जना मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । निकटस्थ स्रोतले तीलकुमार मेन्याङ्वो र एकराज कार्कीलाई मन्त्री बनाउने तयारी कार्कीले गरेका बतायो ।
सर्वोच्चले बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक ठहर गर्दै पदमुक्त गरेको थियो ।
इजलासले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम कार्कीलाई ४८ घण्टाभित्र कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो ।

















प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेन्डाबाट ‘ब्याक’ भएकाे राप्रपाको गन्तव्य ‘पृथ्वीपथ’
निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
यूएईमा नेपाली श्रमिकका स्वास्थ्य अवस्थाबारे अन्तरक्रिया
निर्वाचन गणतन्त्रको संस्थागत सुदृढीकरणको परीक्षा हो : पूर्व प्रमुख निर्वाचन आयुक्त श्रेष्ठ
सुडानमा हिंसा तीव्र, मानवीय सङ्कट जटिल बन्दै
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
प्रतिक्रिया