एशिया कप : आज श्रीलंका र बंगलादेश भिड्दै

काठमाडौँ । एशिया कपको सुपर चार अन्तर्गत आज श्रीलंका र बंगलादेशबीच खेल हुँदै छ ।
श्रीलंकाको कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा यो खेल नेपाली समय अनुसार ३:१५ बजेदेखि शुरु हुँदै छ ।
श्रीलंका समुह बि को विजेता हुदै सुपर चारमा पुगेको हो भने बंगलादेश उपविजेता हुदै सुपर चारमा पुगेको हो । यस अघि समुह चरणको खेलमा श्रीलंकाले बंगलादेशलाई ५ विकेटले पराजित गरेको थियो ।
सुपर चारको खेलमा बंगलादेशले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटको हार बेहोरिसकेको छ । फाइनलमा पुग्न अब बंगलादेशले श्रीलंकाविरुद्ध जित्नैपर्ने दबाब रहेको छ ।
सुपर चारको पहिलो खेलमा पाकिस्तानले बंगालादेशलाई पराजित गरेर विजयी शुरुवात गरेको छ । पाकिस्तानले भने सुपर चार अन्तर्गत भोलि आइतबार भारतसँग खेल्दै छ । यस प्रतियोगितामा भारत र पाकिस्तान दोस्रो पटक खेल्दै छन् । यस अघि समुह चरणको पहिलो खेलमा भारत र पाकिस्तानको खेल बर्षाले पुरा हुन सकेको थिएन ।
















पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी
लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
नाइजेरियाको बारमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
प्रतिक्रिया