पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२ यात्रु लिएर फर्कियो भुटानको ड्रुक एयर
मेरोन्यूज
२०८० भदौ २३ गते १०:२७

पोखरा। पोखरा विमानस्थलबाट पुनःअन्तर्राष्ट्रिय उडान भएको छ । शनिबार बिहान पहिलोपटक भुटानको ड्रुक एअरले व्यावसायिक उडान भरेको छ ।
भुटानको पारो विमानस्थलबाट चालक दलका तीन सदस्यसहित शनिबार बिहान पौने ७ बजे पोखरा ओर्लिएको ड्रुकले ४२ युरोपेली पर्यटक बोकेर सवा ८ बजे मा थिम्पु फर्किएको हो ।
भारत, नेपाल र भुटान घुम्ने गरी आएका खर्चालु युरोपेली पर्यटक ड्रुक एअर चार्टर गरी थिम्पु पुगेका हुन् ।
पोखरा पर्यटन परिषद्को नेतृत्वमा पर्यटन व्यवसायीले विमानस्थलमा ड्रुक एअरका चालक दललाई स्वागत र थिम्पु जाने पर्यटकलाई बिदाइ गरे ।
यसअघि चीनको सिचुवान एअरलाइन्सले छेङ्दुबाट चार्टर्ड उडान गरी पोखरा आएको थियो ।
सम्बन्धित

















प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेन्डाबाट ‘ब्याक’ भएकाे राप्रपाको गन्तव्य ‘पृथ्वीपथ’
निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
यूएईमा नेपाली श्रमिकका स्वास्थ्य अवस्थाबारे अन्तरक्रिया
निर्वाचन गणतन्त्रको संस्थागत सुदृढीकरणको परीक्षा हो : पूर्व प्रमुख निर्वाचन आयुक्त श्रेष्ठ
सुडानमा हिंसा तीव्र, मानवीय सङ्कट जटिल बन्दै
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
प्रतिक्रिया