मर्मत र सरसफाइपछि रौतहटसम्म पुग्यो गण्डक नहरको पानी

कलैया । क्षतिग्रस्त संरचनाको मर्मतसम्भार र सरसफाइपछि गण्डक नहरको पानी रौतहटसम्म पुग्न थालेको छ । नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगञ्जले पर्सा, बारा तथा रौतहटसम्मको ८१ किमी लम्बाइको नहर सरसफाइ तथा मर्मतसम्भार गरेपछि सिँचाइ सुविधा पु¥याइएको हो ।
नहरमा पानी उपलब्ध भएपछि सिँचाइको सुविधा उपलब्ध भएको छ । पर्सादेखि रौतहटसम्म १५ वटा ब्लक रहेको नहरको सम्पूर्ण ब्लकमा पानी पुगेको कार्यालयले जानकारी दिएको छ ।
विगतमा ११ नं ब्लक बारासम्म मात्र नहरको पानी आउने गरेको थियो । कार्यालयले नहरको सरसफाइका साथै प्राविधिक निर्माण आफ्नै स्रोतसाधनबाट गरेको थियो भने मर्मतसम्भार भारतीय पक्षबाट गरिएको कार्यालयका प्रमुख मनोरञ्जनकुमार सिंहले जानकारी दिए ।
कार्यालयका अनुसार पर्सास्थित नेपाल–भारत सीमाभन्दा करिब २७ किमी पश्चिम भारतीय क्षेत्रको घोडहरा र कटरा नदी एकै स्थानमा मिसिएर बाढी आउँदा नहरको मूल संरचना करिब एक सय फिट बगाएको थियो । त्यसपछि नहरमा उक्त नदीको बाढी पसेको र नेपालमा पानी आउन छोडेको थियो ।
गण्डक नहर क्षतिग्रस्त हुनु अघिसम्म भारतीय पक्षले नहरमा सात सय २४ क्युसेकसम्म पानी दिने गरेको थियो । मर्मतपछि भारतीय पक्षबाट यस वर्ष पानी उपलब्ध गराएपछि नहरको १५ ब्लकसम्म पानी पुगेको हो ।
गण्डक ब्यारेजको निर्माण भारतले गरेकाले सञ्चालन पनि भारतीय पक्षले नै गदैं आएको छ । नगरको पानी भारतीय पक्षले समेत लिने गरेको कार्यालयका सूचना अधिकरी सुरेश साहले जानकारी दिए ।
नगर निर्माणपछि सन् १९७५ र १९७६ मा दुई चरणमा गरी भारत सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । नवलपरासीको भैसालोटनस्थित नेपाल–भारत सीमामा निर्मित ब्यारेजबाट भारतीय पक्षले गण्डक नहरमा पानी छोड्ने गरेको छ ।
गण्डक नहरबाट पर्सा, बारा र रौतहट गरी तीन जिल्लामा गरी ३७ हजार चार सय हेक्टर जमिन सिँचाइ सुविधा उपलब्ध भएको छ ।

















महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेन्डाबाट ‘ब्याक’ भएकाे राप्रपाको गन्तव्य ‘पृथ्वीपथ’
निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
यूएईमा नेपाली श्रमिकका स्वास्थ्य अवस्थाबारे अन्तरक्रिया
निर्वाचन गणतन्त्रको संस्थागत सुदृढीकरणको परीक्षा हो : पूर्व प्रमुख निर्वाचन आयुक्त श्रेष्ठ
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
आणविक वार्ताको प्रगतिमा बाधक पश्चिमा भएको इरानको दावी
प्रतिक्रिया