भारोत्तोलन विकासको राष्ट्रिय कीर्तिमान

काठमाडौँ । नेपाली भारोत्तोलन खेलाडी विकास भट्टले रियादमा जारी आइडब्लुएफ विश्व च्याम्पियनशिपमा तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । पुरुष ८१ केजी तौल समूहमा विकासले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएको नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए ।
विकासले आफ्नै नाममा रहेको तीनै कीर्तिमानमा सुधार गरेका हुन् । विकासले स्न्याचमा एक सय २४ केजी भार बहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान स्थापित गरे । एक सय २३ केजीको कीर्तिमान विकासको नाममा थियो । उनले सो कीर्तिमान १९औँ एसियाली खेलकुदको अन्तिम छनोटमा बनाएका थिए ।
विकासले क्लिन एन्ड जर्कमा एक सय ४८ केजी वजन उठाउँदै अर्को कीर्तिमान कायम गरे । यसअघि उनले १९औँ एसियाली खेलकुदकै पहिलो चरणको छनोटमा एक सय ४७ केजीको कीर्तिमान रचेका थिए । कुलमा उनले उठाएको दुई सय ७२ केजी पनि राष्ट्रिय कीर्तिमान हो । उनकै नाममा दुई सय ७० केजीको कीर्तिमान थियो । विकास १९औँ एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् ।
यसैबीच अध्यक्ष श्रेष्ठ प्रतियोगिता दौरान हुने विश्व भारोत्तोलन महासंघको कङ्ग्रेसमा सहभागी हुन आजै रियाद प्रस्थान गरेका छन् । श्रेष्ठसँगै खेलाडी सागर भण्डारी पनि आजै रियाद प्रस्थान गरे ।
सागरले पुरुष एक सय नौ केजीमा प्रतिस्पर्धा गर्नेछन् । नेपालले १६ वर्षपछि विश्व भारोत्तोलन च्याम्पियनशिपमा सहभागिता जनाएको हो ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया