सन्चो अस्पताल हेटौंडाका डाक्टर कुट्ने चार जना पक्राउ

काठमाडौं । हेटौंडा उपमहानगरपालिका–२ स्थित सन्चो अस्पतालका चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि कुटपिट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हेटौंडा–१२, पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको उपचारको क्रममा मृत्यु भएको भन्दै चिकित्सकमाथि कुटपिट गर्ने चार जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालले मृतककी श्रीमती रमा प्रधान, छोरी रमिता, छोरा रोहित, भतिजा अनुपलाई पक्राउ गरिएको जानकारी दिए ।
बुधबार बिहान १० बजे हेटौंडाको सन्चो अस्पतालमा उनीहरूसहित केही व्यक्तिहरूले चिकित्सकद्वय थापा र बिडारीलाई कुटपिट गरेका थिए । उनीहरूलाई कुटेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।
पीडितले बिहीबार जाहेरी दिने तयारी गरेका छन्।
गत साउन २५ गते हेटौंडा–१२, पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो। राजेशलाई डेंगीका कारण निमोनियाको समस्या देखिएको थियो। सुरूमा उनलाई साउन २२ गते सन्चो अस्पतालमै लगिएको थियो।
स्वास्थ्य अवस्था गम्भीर देखिएपछि चिकित्सकले बिरामीलाई आइसियूमा राखेर उपचार गर्न सुझाव दिएका थिए। तर आफन्तले वार्डमा राखेर उपचार गर्ने कुरा गरेको चिकित्सकहरू बताउँछन् । पछि हेरचाह राम्रो हुने भन्दै बिरामीलाई एचडियूमा राखिएको थियो।
तर उपचारको पहिलो रातमै बिरामीको अवस्था थप जटिल भएपछि साउन २३ गते उनलाई चितवन मेडिकल कलेज रिफर गरिएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो।









सुरु भयो क्षतिग्रस्त बीपी राजमार्गको पुनर्निर्माण
महेश बस्नेतमाथि विराटनगरमा आक्रमण प्रयास
व्यापार बढाउने माध्यम बन्यो एनपिएल
महिला फुटबल टोली इन्डोनेसिया प्रस्थान
राष्ट्र शान्तिको उद्देश्यसहित श्रीमद्भागवत महापुराण सप्ताह महायज्ञ सुरु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया