चिकित्सक कुटपिटविरुद्ध संघद्वारा प्रहरी समक्ष उजुरी

मकवानपुर । नेपाल चिकित्सक संघले हेटौँडाको सञ्चो अस्पतालमा चिकित्सकमाथि भएको हातपातको विषयमा प्रहरीसमक्ष उजुरी दिएको छ । घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कारबाहीको माग गर्दै संघले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएको हो ।
संघले पठाएको उजुरी जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजाल समक्ष पेस भएको र औपचारिक रूपमा शुक्रबार मात्र उजुरी दर्ता हुने भएको छ । सार्वजनिक बिदा र साँझ अबेर गरी संघको उजुरी प्राप्त भएकाले शुक्रबार मात्र उजुरी दर्ता हुने प्रहरी उपरीक्षक रिजालले जानकारी दिए ।
बुधबार सञ्चो अस्पतालमा चिकित्सकद्वय डा. विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो । गत साउन २५ गते अस्पतालमा उपचारका लागि आएका ४१ वर्षीय राजेश प्रधानको मृत्युको विषयलाई लिएर चिकित्सकद्वय थापा र बिडारी माथि हातपात भएको थियो ।
घटनाका विषयलाई लिएर कुटपिट भएका चिकित्सकहरूलाई उजुरी दर्तामा सुरक्षा थ्रेट आएपछि संघले संस्थागत रूपमा उजुरी दर्ता गराएको हो । जिल्लामा कार्यरत स्वाथ्यकर्मीहरुको सुरक्षा चुनौतीको विषयलाई मध्यनजर गर्दै घटनाबारे अनुसन्धान गर्न र संलग्नहरूलाई कारबाही गरी माग गर्दै संघले नेतृत्व लिएर काठमाडौँबाट प्रहरी समक्ष उजुरी दर्ताको लागि पठाएको हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले जानकारी दिए ।









एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
कांग्रेसले गरायो आयोगमा दल दर्ता
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
पत्रकार दीपेन्द्र खनियाँ मृत फेला
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रसाईंलाई २४ घण्टाभित्र बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
प्रतिक्रिया