शुक्रबार, वैशाख ४, २०८३

सरकारले गठन गर्‍यो कर प्रणाली सुधारबारे अध्ययन गर्न उच्चस्तरीय समिति

मेरोन्यूज २०८० भदौ २९ गते १८:३९

काठमाडौं । विद्यमान कर प्रणालीको सुधारका लागि अध्ययन गर्न सरकारले उच्चस्तरीय समिति गठन गरेको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा समिति गठन गरेको अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

आगामी माघसम्म प्रतिवेदन बुझाउने उच्चस्तरीय समिति गठन गरिएको अर्थमन्त्री डा. महतले जानकारी दिए । चालु आर्थिक वर्षको बजेटमा सरकारले समिति बनाउने घोषणा गरेका थियो । मल्लिक पूर्वअर्थ सचिव समेत हुन् ।

बजेटमा कर प्रणालीको सुधार अन्तर्गत विद्यमान कर प्रणालीबारे अध्ययन गरी सुधारको सुझाव दिन उच्चस्तरीय समिति गठन गर्ने उल्लेख थियो । अर्थ मन्त्री डा. महतले समितिले दिएको सुझावलाई आधार मानेर आगामी आर्थिक वर्ष २०८१।८२ को बजेट निर्माण गरिने बताए ।

प्रतिक्रिया