‘हाम्रा लागि प्रदर्शक र निर्माता बराबर हुन्’ : दीपकराज गिरी

काठमाडौँ । अभिनेता तथा निर्माता दीपकराज गिरीले आफ्ना लागि प्रदर्शक र निर्माता बराबर रहेको बताएका छन् । उनी अहिले अभिनेता तथा निर्मातासँगै प्रदर्शक पनि बनेका छन् । गिरीले साथीहरूसँगको सहकार्यमा एउटा चलचित्र भवन सञ्चालन गरेका थिए ।
शेयर बाँडफाँट, शेयर सङ्ख्यालगायत विषयमा निर्माताकोतर्फबाट सुनिने असन्तुष्टि आफूले कम गर्न प्रयास गर्ने अभिनेता गिरीले बताए। उनले भने, “हामी निर्माताले चलचत्रि भवनबाट प्राप्त गर्ने पैसा निर्माता र प्रदर्शकको बराबर होस्, ५०र५० प्रतिशत होस्, हाम्रो चलचित्र भवनबाट प्रदर्शक र निर्माताले बराबर पैसा पाउनेछन् ।” यो नियम नेपाली चलचित्रको हकमा लागू गरिने गिरीको भनाइ थियो ।
वितरक करण श्रेष्ठका अनुसार प्रदर्शनको पहिलो दुई सातासम्म ५०÷५० प्रतिशत शेयर र त्यसपछि ३५ प्रतिशत निर्माता र ६५ प्रतिशत प्रदर्शकले पाउने गरेका छन् । यो रकममा लाग्ने विभिन्न खर्च कटाएर मात्र निर्माताले पैसा पाउने गरेका उनले जनाउँदै केही प्रदर्शकले ५० प्रतिशत नै दिने गरेको जानकारी दिए ।
“चलचित्रको व्यापार कम भएमा त्यसमा सम्झौताअनुसारको काटछाँट हुँदैन । केही चलचित्र भवनले ५० प्रतिशत नै शेयर उपलब्ध गराउँदै आइरहेका छन्”, श्रेष्ठले भने, “नयाँ प्रदर्शकमार्फत हुने घोषणाले निर्मातालाई उत्साहित नै बनाउँछ ।”









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया