गोरखामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

गोरखा । गोरखामा बसको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–४ स्थित अमराईमा यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार सोही ठाउँका २७ वर्षीय रामलाल कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखा प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
अजिरकोट गाउँपालिकाको भच्चेक बजारबाट गोरखा सदरमुकामतर्फ आउँदै गरेको ग१ख ९७३६ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको ग७प १५१० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक कुमाललाई तत्काल उद्धार गरी उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा पुर्याइएको थियो ।
उनको उपचारका क्रममा मृत्यु भएको डिएसपी श्रेष्ठले जानकारी दिए । मोटरसाइकललाई ठक्कर दिने बस र बसका चालक ४९ वर्षीय रेशम गुरुङलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
















विश्वकप क्रिकेटमा सुखद यात्राको अपेक्षा
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रतिनिधिसभा निर्वाचन : मकवानपुर १ मा पुराना अनुभवी र नयाँ पुस्ताका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
चुनाव दुई होइन, एकै चरणमा गरियोस्: प्रचण्ड
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
प्रतिक्रिया