प्रशान्त शर्माको ‘ईरा’ विमोचन

काठमाडौँ । लेखक प्रशान्त शर्माको दोस्रो उपन्यास ‘ईरा’ विमोचन गरिएको छ । आज आयोजित एक कार्यक्रमका बिच शर्माको दोस्रो उपन्यास ईरा सार्वजनिक गरिएको हो । विमोचन समारोहमा समाजशास्त्री डा। शोभा ढुंगाना, सञ्चारकर्मी अच्युत घिमिरे बुलबुल, अभिनेत्री लक्ष्मी बर्देवा, लेखक विवेक ओझासहित लेखक शर्माले सामुहिक रूपमा पुस्तक विमोचन गरेका हुन् ।
कार्यक्रममा बोल्दै समाजशास्त्री डा. शोभा ढुंगानाले लेखक शर्माले समाजको वास्तविकतालाई उजागर गरेको बताइन् । समाजमा कतिपय पात्रहरूले आज आफ्नो महत्त्व बुझ्न नसक्नाले शर्माले पुस्तकमा लेख्नुभएको कथा वास्तविक समाजको घटना र परिदृश्य भएको उनले बताइन् ।
त्यस्तै, सञ्चारकर्मी अच्युत घिमिरेले शर्मा पछिल्लो समयमा उदाउँदै गरेका युवा लेखकका रूपमा स्थापित हुन सक्ने बताए । उनले पछिल्लो समयका दश जना युवा लेखकको नाम लिने हो भने, त्यसमा शर्माको नाम पनि समावेश हुने बताए ।
अभिनेत्री लक्ष्मी बर्देवाले लेखक शर्मालाई बदाई दिदैँ पुरूष भएर पनि महिलाको विषयमा जुन हिसावले पुस्तकमा उल्लेख गरिएको छ त्यसमा शर्माको मिहिनेत देखिएको बताइन् ।
उनले युवापुस्ताका लेखकमा जुन हिसाबको जोश जाँगर देखिएको छ त्यसले भोलिका दिनमा समाजमा सकारात्मक प्रभाव पर्ने समेत बताइन् ।
कार्यक्रमको समापन गर्दै लेखक शर्माले दुई वर्षको अन्तरालपछि आफुले दोस्रो उपन्यास सार्वजनिक गर्ने दुस्साहस गरेको र यसको राम्रो र नराम्रो पक्षहरू सबै केलाउने जिम्मा पाठकको भएको बताए । उक्त पुस्तकको पुस्तकको कभर डिजाइन रसिक राजले गरेका हुन् भने पुस्तकलाई बजारमा वि एन पुस्तक सञ्चालले ल्याएको हो । कफि यात्रा प्रडक्सनद्वारा प्रकाशित पुस्तकको मुल्य ४५० रहेको छ । शर्माको पहिलो उपन्यास ‘रूखहरूको मृत्यु’ बजारमा चर्चित उपन्यासका रूपमा रहेको छ । कार्यक्रम सञ्चालन गजलकार रसिक राजले गरेका थिए ।

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया