प्रधानमन्त्री अमेरिका उडेको भोलिपल्टै तीन सांसद पनि उतैतिर
जनमत पार्टी अध्यक्ष देखि रास्वपा र कांग्रेसका एक एक जना सांसद अमेरिका उडे्का छन्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका उडेको भोलिपल्टै तीन जना सांसद पनि उत्तैतिर लागेका छन् । जनमत पार्टीका अध्यक्ष सिके राउत, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम र कांग्रेस सांसद रुपा विश्वकर्मा अमेरिका प्रस्थान गरेका हुन् ।
उनीहरु गएराती कतार एयरवेजमार्फत दोहा हुँदै अमेरिका लागेका हुन् ।
‘अध्यक्षको ब्यीक्तगत कामले उहाा अमेरिका जानुभएको हो,’ जनमत पार्टी सचिव विपि साहले भने,–‘कुनै अरु कामले होइन, ब्यीक्तगत काम नै हो ।’
राउत दुई सातापछि फर्किने गरि अमेरिका गएको साहले बताए ।
सांसदहरु अहिले विदेश भ्रमणमा जाने क्रम ह्वातै बढेको छ । भोलिमात्रै पनि सभामुख देवराज घिमिरेकै नेतृत्वमा एउटा टोली आयरल्यान्ड जाने कार्यक्रम रहेको छ । आगामी सातातिर फेरि संसदको कृर्षि समितिका सभापति डा आरजु राणा देउवा नेतृत्वको टोली बंगलादेश जाने कार्यक्रम छ ।















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
पर्वतमा जिप दुर्घटना हुँदा चालकको मृत्यु
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया