चिकित्सक र स्वास्थ्य मन्त्रालयको वार्ता समितिबीच छलफल सुरु

काठमाडौँ । आन्दोलनमा रहेका चिकित्सिकहरुसँग वार्ता गर्न स्वास्थ्य मन्त्रालयले बनाएको वार्ता टोली र चिकित्सकहरुबीचका वार्ता सुरु भएको छ । नेस्वास्थ्य मन्त्रालयमा वार्ता केहीबेर अगाडीबाट सुरु भएको हो ।
मन्त्रालयले आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गर्न अतिरिक्त स्वास्थ्यसचिव डा. विकास देवकोटाको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको थियो ।
नेपाल चिकित्सिक संघले हेटौडामा चिकित्सक कुटिएको विरोधमा आइतबार आकस्मिकबाहेकका सेवा बन्द गरेर आन्दोलनमा उत्रिएको थियो । त्यसपछि मन्त्रालयले आन्दोलनमा रहेका चिकित्सिकहरुसँग वार्ता गर्न समिति बनाएको हो ।
स्वास्थ्य मन्त्रालयमा भइरहेको वार्तामा नेपाल चिकित्सक संघका तर्फबाट वार्तामा अध्यक्ष डा. अनिलविक्रम कार्की, उपाध्यक्ष डा. बद्री रिजाल, महासचिव डा. सन्जिव तिवारी, सहसचिव डा. लेसियन महर्जन र केन्द्रीय सदस्यहरूको सहभागिता रहेको छ ।
यस्तै सरकारको तर्फबाट डा. विकास देवकोटाको संयोजकत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिवको टोली सहभागी छ ।
चिकित्सक संघले विभिन्न ६ बुँदे माग अगाडि सार्दै आन्दोलन थालेपछि वार्ता भएको हो ।
















यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
आजको मौसम : तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भू-भागमा हिमपात र मध्यम वर्षा
काठमाडौँका यी स्थानमा चार घण्टा बिजुली अवरुद्ध हुने
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया