कस्ताे छ तपाईंकाे आजकाे दिन ? हेर्नुहाेस् राशिफल

काठमाडाैं । आज असाेज ०४ गते बिहिबार । भदौ शुक्ल षष्ठी । पञ्चाङ्ग : प्रीति तैतल अनुराधा , सूर्य षष्ठीरविश्व शान्ति दिवस र विश्व अल्जाइमर्स दिवस । सेप्टेम्बर २१ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष : साथिभाइको सहयोगले विशेष अवसर पाइने छ । दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर मिल्नेछ ।
वृष : आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ । खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन् ।
मिथुन : नयाँ व्यवसाय सुरु गर्ने मौका छ । महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ ।
कर्कट : प्रयत्न गर्दा भाग्यले साथ दिनेछ । परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ ।
सिंह : रमाइलो यात्राको अवसर जुट्न सक्छ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ । अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ ।
कन्या : सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । असन्तुलित खानपानले पेटको समस्या आउने समय छ ।
तुला : प्रशंसकहरू बढ्नेछन् र मानसम्मान समेत पाइनेछ । प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ । सहयोगीहरू जुट्नाले व्यवसायबाट प्रशस्त फाइदा उठाउने सकिने छ ।
वृश्चिक : आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ । पैत्रिक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ । प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ ।
धनु : विगतका कमजोरी सच्याउने मौका मिल्नेछ । विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ । व्यापारबाट लाभ मिल्नेछ ।
मकर : काममा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । समुदायको हितमा काम गर्नाले सम्मान पाइनेछ ।
कुम्भ : सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ । लगनशीलताले महत्वपूर्ण काम दिलाउन सक्छ । मानसम्मान पनि पाइनेछ ।
मीन : अध्ययन अध्यापनमा प्रगति हुनेछ । बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ ।
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया