बेकोको दशैं तिहार योजना सार्वजनिक, यस्ता छन् अफर

काठमाडौं । युरोपको ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नजिकिरहेको नेपालीहरुको दशैं तिहार २०७९ लाई लक्षित गर्दै ‘बेकोको सौगात, सम्बन्ध प्रगाढ’ नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ ।
यो योजना भदौ २७ गतेदेखि सीमित अवधिका लागि लागू गरिएको कम्पनीले जनाएको छ ।
उक्त योजना अन्तर्गत बेको ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । जसअनुसार वाशिङ मेसिन र वाशर ड्राएरको खरिदमा ६ केजीको एरिअल म्याटिक वाशिङ पाउडर उपहार पाईन्छ भने डिशवासरको खरिदमा २ प्याकेट फोर्चुन डिशवासर ट्याब्लेट उपहार पाइने कम्पनीले जनाएको छ ।
साथै सिङगल डोर रेफ्रिजीरेटरमा चोप्पर , डबल डोर रेफ्रिजीरेटरमा ईलेक्त्रिक किटली र मल्टी डोर रेफ्रिजीरेटरमा ईलेक्त्रिक प्रेसर कूकर उपहार पाईन्छ भने कूकिङ रेन्ज (फ्री स्टान्डिङ ओवन) को खरिदमा प्रेसर कूकर र एअर कन्डिसनर को खरिदमा फ्री इन्स्ट्लेसन पाईन्छ। साथै, कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेशन सुबिधा पनि प्रदान गरेको जनाएको छ ।
त्यसै गरि शुन्य प्रतिशतमा फाइनान्स सुबिधा, पुराना भएका सामान फेरबदल गरि नयाँ सामान लान चाहने ग्राहकका लागि एक्सचेन्ज अफर सुबिधा र चाडपर्वको अवसरमा सामान खरिद गर्ने ग्राहकहरुले “सिजि लोयल्टी क्लब”को रिवार्ड प्रोग्राम अन्तर्गत लोयल्टी सदस्यहरुले ललितपुर स्थित होटल विभान्तामा २५५ सम्म छुट पाउनु सक्नु हुनेछन् ।
यी सुविधाका लागि ग्राहकहरुले www.cgelex.com मा गएर आफ्नो विवरण दर्ता गर्न सक्नेछन् ।


















इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
प्रतिक्रिया