ललिता निवास प्रकरणको मुद्दा हेर्ने न्यायाधीश ढकालको डोल्पा सरुवा

काठमाडौँ । बहुचर्चित ललिता निवास जग्गा हिनामिना प्रकरणको मुद्दा हेर्ने काठमाडौँ जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको जिल्ला अदालत डोल्पामा सरुवा भएको छ ।
असोज २ गते बसेको न्यायपरिषद् बैठकले नवलपरासी जिल्ला अदालत दरबन्दी भइ काठमाडौँ जिल्ला अदालतमा काजमा रहेका ढकालको डोल्पा जिल्ला अदालतमा सरुवा गर्ने निर्णय गरको हो ।
उनको जिल्ला न्यायाधीशहरूको सरुवा सूचीको ४ नम्बरमा नाम छ । त्यही दिनको न्यायपरिषद् बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका उच्च पदस्थलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गर्ने जिल्ला अदालत काठमाडौँकै न्यायाधीश प्रेमप्रसाद न्यौपानेलाई पनि रुकुमकोट जिल्ला अदालतमा सरुवा गर्ने निर्णय गरेको थियो ।
दुवै अदालत विकटका अदालतमा पर्दछन् ।
न्यायाधीश ढकालले ललिता निवास प्रकरणमा पक्राउ परेका १८ जनालाई तारेखमा छाड्ने आदेश दिएका थिए । १८ जनामध्ये एक जनालाई साधारण तारेख र बाँकी १७ जनालाई धरौटी माग गरिएको थियो ।
ललिता निवास जग्गा प्रकरणको अनुसन्धान गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुई सयभन्दा बढी मानिसमाथि किर्ते र सङ्गठित अपराधमा मुद्दा चलाउन सिफारिस गरेको थियो ।
तर जिल्ला सरकारी वकिल कार्यालयले किर्तेमा मात्र मुद्दा अघि बढाउने निर्णय गरेको थियो ।
करिब दुई महिना लगाएर ललिता निवास जग्गा हिनामिना प्रकरणमा किर्ते र सङ्गठित अपराधबारे दोस्रो चरणको अनुसन्धान गरेको प्रहरीले उक्त सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने क्रममा विभिन्न चरणमा संलग्न भएका भनिएका पूर्व मन्त्रीहरू सहित २३८ जनालाई मुद्दा चलाउन सिफारिस गरेको थियो।
















बढ्दो अतिक्रमण र प्रदूषणले संकटमा सिमसार
132-kV transmission line in Karnali expected to give boost to industries
आन्दोलन होइन ब्ल्याकमेल भयो : ब्रिटिश कलेज
15 killed, 7 injured as Russian drone hits miners’ bus in Pavlohrad, emergency service says : Ukraine
राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारिक समुदायलाई नेपालमा लगानीका लागि आह्वान
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया