बिहीबार, वैशाख १०, २०८३

सात दिनभित्र खटाइएको ठाउँमा हाजिर हुन कर्मचारीहरुलाई सामान्यको निर्देशन

मेरोन्यूज २०८० असोज १२ गते १९:३२

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा, पदस्थापन तथा काज खटाइएका कर्मचारीहरूलाई एक साताभित्र तोकिएको कार्यालयमा हाजिर निर्देशन दिएको छ ।

Advertisement
NiccNicc

मन्त्री अनिता देवीले शुक्रबार सरकारका सबै मन्त्रालयहरूबाट कानुनबमोजिम सरुवा, पदस्थापन, काज सरुवा वा काज फिर्ता गरिएका कर्मचारीहरूलाई एक साताभित्र तोकिएको कार्यालयमा हाजिर हुन निर्देशन दिएकी मन्त्रालयका शाखा अधिकृत जयराम गजुरेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

सरुवा गरिएका, काज खटाइएका वा फिर्ता गरिएका, कर्मचारी समायोजनबाट खटाइएका कर्मचारीहरूले रमाना नलिएका कारण सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेको भन्दै मन्त्रालयले एक साताभित्र तोकिएको कार्यालयमा हाजिर हुन निर्देशन दिएको हो ।

कर्मचारीहरू खटाइएको ठाउँमा नजाँदा सार्वजनिक सेवा प्रवाहमा असर पुगिरहेको पाइएपछि मन्त्रालयले यस्तो निर्देशन गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया