मंगलबार, चैत १७, २०८२

एसियाली खेलकुद : नेपाली पब्जी टिम सेमिफाइनल चरणबाट बाहिरियो

मेरोन्यूज २०८० असोज १३ गते १०:१६

हान्झाउ। १९औं एसियाली खेलकुदअन्तर्गत इस्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन (पब्जी) मोबाइलमा नेपाली टोली सेमिफाइनलबाट बाहिरिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

आज बिहान चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा भएको प्रतिस्पर्धाको समूह ‘ए’ को सेमिफाइनलमा नेपाली टिम दक्षिण कोरिया र चाइनिज ताइपेईसँग पराजित भएको हो।

नेपाली टिममा सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी र समिर गुरुङले शनिबार खेलेका थिए।

कोरिया र ताइपेई भने फाइनल चरणमा पुग्न सफल भएका छन्।

सेमिफाइनल चरणको समूह बी को खेल शनिबार दिउँसो हुनेछ । सेमिफाइनलमा दुवै समूहबाट शीर्ष दुई टोली फाइनल चरण पुग्नेछ र फाइनल चरणमा शीर्ष तीन स्थानमा रहनेले पदक जित्नेछ ।

प्रतिक्रिया