बिहीबार, वैशाख ३, २०८३

बि.स्टार फिल्मस् म्युजिक अवार्डमा उत्कृष्ट ५ मनोनयन

मेरोन्यूज २०८० असोज १४ गते १८:४२

काठमाडौ“ । गीत संगीत क्षेत्रका विभिन्न विधालाई समेटेर आयोजना गरिएको ‘बि.स्टार फिल्मस् म्युजिक अवार्ड २०२३’ का उत्कृष्ट ५ ‘नोमिनिज’ लाई एक कार्यक्रमबीच शनिबार प्रमाणपत्र वितरण गरिएको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

राजधानीमा एक कार्यक्रमकाबीच आयोजक संस्था बि.स्टार फिल्मस् प्रा.लि.ले प्रमाणपत्र वितरण गरेको हो । राजनीतिज्ञदेखि सांगीतिक क्षेत्रसँग सम्बन्धित बिभिन्न संघसंस्थाका संगीतकर्मीहरूले बिभिन्न ४६ विधाका उत्कृष्ट ५ मनोनयनमा परेकालाई प्रमाणपत्र वितरण गरेका थिए ।

नेपाली कांग्रेसका सांसद डिल्लीराज पन्त, वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष बद्री पंगेनी, दोहोरी गीत प्रतिष्ठानका प्रथम उपाध्यक्ष रामजी खाँण, रोयल्टी संकलन समाजका सचिव बि. पाण्डे, सांस्कृतिक समाज नेपालका सचिव अमृत खाती, म्युजिक भिडियो कलाकार संघका उपाध्यक्ष शिवन पोखरेल लगायतले उत्कृष्ट ५ मनोनयनमा पर्न सफल संगीतकर्मीहरुलाई नोमिनेसनको प्रमाणपत्र वितरण गरेका थिए ।

प्रमाणपत्र वितरण समारोहमा अतिथिहरुले म्युजिक अवार्डको भीड्मा यस अवार्डको छुट्टै गरिमा कायम हुनेमा विश्वास व्यक्त गर्दै शुभकामना प्रदान दिए ।

आयोजक संस्थाका अध्यक्ष विक्रम चौहानले भोटिङसँगै निर्णायक र आयोजकको मतलाई पनि आधार मानेर उत्कृष्ट ५ मध्येबाट सर्वोत्कृष्ट घोषणा गरिने जानकारी दिए । ‘भोटिङ आइतबारबाट सुरु हुनेछ । असोजको अन्तिम साता भव्य समारोहका बीच अवार्ड वितरण गरिनेछ’ चौहानले भने ।

यस अवार्डमा राष्ट्रिय, आधुनिक, लोक, लोकपप, थारू र देउडातर्फका विधा समेटिएको छ । अवार्डमा सांगीतिक क्षेत्रमा चर्चामा रहेका गायक÷गायिकादेखि निर्देशकसम्म प्रतिस्पर्धामा छन् ।

नेपाली म्युजिक भिडियोको क्षेत्रमा लामो समयदेखी सक्रिय संस्था बि.स्टार फिल्मस्को यो पहिलो सँस्करणको अवार्ड हो । अवार्ड कार्यक्रमलाई सभ्य तरिकाले सम्पन्न गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया