पुल बनेपछि लौरोले पानी नापेर खोला तर्नुपर्ने बाध्यता हट्यो

गोरखा । हरेक वर्ष बर्खा लागेपछि गोरखाको सहिद लखन गाउँपालिका–५ र गोरखा नगरपालिका–८ का बासिन्दालाई ज्यान नै जोखिममा राखेर लुदीखोला वारपार गर्नुपर्ने बाध्यता वर्षौंदेखिको हो ।
खोलामा झोलुङ्गे पुलसमेत नहुँदा बर्खा लागेपछि त्यस क्षेत्रका बासिन्दालाई वारिपारि गर्नुपरे लौरोको साहायताले खोलाको पानी नापेर वारपार गर्नुपर्ने बाध्यता त सामान्यजस्तै थियो । तर गएको वर्षदेखि लुदीखोलामा पक्की पुल बनेपछि भने वर्षौंदेखि कठिनाइ भोग्दै आएका त्यहाँका बासिन्दालाई अहिले सजिलो भएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय लमजुङ र विश्वा बैंकको आर्थिक सहयोगमा लुदीखोलामा पक्की पुल निर्माण भएपछि ज्यान नै जोखिम मोलेर खोला ओहोरदोहोर गर्नुपर्ने बाध्यता अब अन्त्य भएको हो ।
“बर्खामा नदी र खोलामा यसै पनि पानी सतह बढी हुने भएकाले जोखिम हुने नै भयो, गोरखा –८, लक्ष्मीबजारका ६९ वर्षका हर्कबहादुर थापाले भने, “त्यसमाथि लुदीखोलामा त बर्खा लागेपछि वारपारसम्म भेल आउने भएकाले सानो आँटले खोला तर्न सकिँदैन थियो, अहिले पुल बनेपछि धेरै सजिलो भएको छ ।”
पुल नहुँदा पैदलयात्रुलाई मात्र होइन मोटरसाइकललगायतका सवारी साधनसमेत बर्खाका बेलामा जोखिम मोलेर खोलाबाट वारपार गराउन पर्दाको कठिनाइ उस्तै थियो । मेलापात र अर्मपर्म गर्नका लागि मात्र नभएर नजिकको बजार गोरखा सदरमुकाममा पुगेर दैनिक उपभोग्य सामग्री खरिदका लागि ताक्लुङ र आसपासका बासिन्दालाई लुदीखोला वारपार नगरी सुखै थिएन ।
“छोटो र मुख्य बाटो भएकाले पनि घन्टाँै लगाएर घुमेर सदरमुकाम पुग्नुभन्दा अधिकांश मानिस जोखिम मोलेरै खोला वारपार गर्ने गर्दथे ।” अर्का स्थानीयवासी रामचन्द्र ढकालले भने । “बर्खाका बेला घाँटीघाँटीसम्म आउने खोला तरेरै भए पनि काम टार्न प¥थ्यो”, उनले भने, “हामी कयौँ पटक लौरोले पानी नापेर पनि खोला वारपार गरियो ।” लुदीखोलामा अहिले २१ दशमलव ७० मिटर लम्बाइ र छ मिटर चौडाइको पक्की पुल निर्माण भए पनि यहाँका बासिन्दाले वर्षांैदेखि भोग्दै आएका समस्या हटेको छ ।
पुल निर्माण भएसँगै गाउँपालिकाभित्र उत्पादन हुने कृषिजन्य सामग्रीको बजारीकरणका लागिसमेत सजिलो भएको सहिद लखन गाउँपालिका–५ ताक्लुङकी सानुमाया परियारले बताइन्। सहिद लखन गाउँपालिकाबाट लुदीखोला हुँदै मुख्य राजमार्ग पृथ्वी राजमार्गसँग जोडिएको सबैभन्दा छोटो बाटो भएकाले पनि लुदीखोलामा पक्की पुल बनेपछि त्यहाँका स्थानीयवासीलाई राजधानी काठमाडाँै, पोखरा, चितवनलगायतका सहर आवतआवतमा समेत छिटो र सजिलो भएको उनले बताइन् ।
झोलुङ्गे पुलसमेत नहुँदा यहाँका स्थानीयवासीले बर्खाका समयमा अत्यावश्यक काम खोला तर्नै नसक्ने अवस्थामा लामो दूरी हुँदै घमेर एकदिन नै लगाएर गोरखा सदरमुकाम पुग्नुपर्ने बाध्यतासमेत रहेको थियो । लुदीखोलामा कूल रु तीन करोड ४४ लाख ३१ हजारको लागतमा पक्की पुल निर्माण गरिएको हो ।
















८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
वर्षमानको नाममा नक्कली चुनावी घोषणापत्र : निर्वाचन आयोग र साइबर ब्युरोमा उजुरी
दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने
मध्य नाइजेरियामा लुटेराहरूको आक्रमणमा १०० भन्दा बढीको मृत्यु
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बालेनलाई आयोगले दोस्रोपटक सोध्यो स्पष्टीकरण, २९ लाई साेधेकाेमा १४ जनाले मात्रै दिए जवाफ
प्रतिक्रिया