मंगलबार, चैत १७, २०८२

एसियाली खेलकुद : बंगलादेशलाई हराएसँगै कबड्डीमा नेपालले पदक जित्ने सम्भावना बढ्यो

मेरोन्यूज २०८० असोज १५ गते १०:००

काठमाडौं । चीनको हाङझाउमा जारी एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीमा नेपालले बंगलादेशलाई हराएको छ।

Advertisement
nepal life insurencenepal life insurence

सोमबार भएको खेलमा नेपालले बंगलादेशलाई ३७–२४ ले पराजित गरेको हो । यो जितसँगै नेपालले पदक जित्ने सम्भावना बढेको छ ।

महिला कबड्डीमा कुल ७ टोली सहभागी रहेका छन् । त्यस्तै नेपाल रहेको समूहमा इरानसहित तीन टिम मात्र छन् ।

नेपालले इरानसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ। उक्त खेल जिते नेपाल सोझै सेमिफाइनल पुग्नेछ। नेपाल सेमिफाइनल पुगे मात्र पनि पदक जित्नेछ।

एसियाली खेलकुदको कबड्डीमा सेमिफाइनलमा पराजित हुने टिमले पनि कास्य पदक जित्ने व्यवस्था भएकाले नेपालले महिला कबड्डीबाट पदक जित्ने सम्भावना बलियो देखिएको हो ।

प्रतिक्रिया