शनिबार, वैशाख ५, २०८३

यस्ताे छ आज तरकारी र फलफूलकाे बजारभाउ

मेरोन्यूज २०८० असोज १५ गते १०:२५

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारीको भाउ निर्भारण गरेको छ । जसअनुसार आज टनेल गोलभेडा सानो प्रतिकेजी ६० रुपैयाँ, गोलभेडा सानो लोकल ५०, भारतीय गोलभेडा ठूलो ४०, घिउ सिमी लोकल ७०, काउली स्थानीय ७०, आलु रातो ५६, मुडे आलु रातो ५६, भारतीय आलु रातो ३४, लौका ४०, हरियो फर्सी ५०, घिरौला ६० रुपैँयामा कारोबार भइरहेको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

यस्तै डल्ले च्याउ प्रतिकेजी ३५० रुपैयाँ, बन्दा लोकल ४०, गाँजर १२०, मूला सेतो ४०, भन्टा डल्लो ६०, भन्टा लाम्चो ३०, मकै बोडी ९०, टाटे सिमी ५०, तितो करेला ६०, ब्रोकाउली २५०, कागती २२०, भिण्डी ५०, निगुरो ८०, रातो बन्दा ४००, लोकल काँक्रो ७०, अदुवा प्रतिकेजी १६० रुपैयाँ रहेको छ ।

मुल्यसूची अनुसार केरा दर्जनको १५० रुपैयाँ, सरिफा २००, फुजी स्याउ ३२०, अम्बा १००, मौसम १५०, जुनार ३२०, अमला ६०, अनार ४२०, नासपाती ९०, एभोकाडो २५०, कालो अंगुर ४००, किवी ३००, हरियो खुर्सानी अकबरे २०० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

यस्तै, कुरिलो प्रतिकेजी ४०० रुपैयाँ, लप्सी ५०, हरियो धनियाँ १५०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २३०, परबर ४०, गुन्द्रुक प्रतिकेजी २५०, मटरकोसा ३२०, भारतीय प्याज सुकेको ७५, लसुन हरियो २५०, छ्यापी सुकेको २००, भेडे खुर्सानी १००, तोफु ११०, पिँडालु ६०, तामा ९०, चुकन्दर ७०, निबुवा ४०, बरेला १२०, कन्य च्याउ ११०, तने बोडी प्रतिकेजी ७० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ ।

प्रतिक्रिया