अनमोलले फिर्ता गरे ‘रावायण’का निर्मातालाई १० लाख

काठमाडौं । अभिनेता अनमोल केसीले फिल्म ‘रावायण’का निर्मातालाई आफूले लिएको १० लाख रुपैयाँ फिर्ता गरेका छन् । आर्थिक लेनदेन विवादको मुद्दामा पक्राउ परेर आइतबार रिहा भएका केसीले सोमबार निर्मात्री सुप्रिया कटुवालको नाममा चेक काटेर रकम फिर्ता गरेका हुन् ।
नबिल बैंकमा रहेको आफ्नो खाताको चेक केसीले निर्मात्री कटुवाललाई दिएका हुन् । फिल्म ‘रावायण’को विवादमा निर्मात्री कटुवालले उजुरी दिएपछि प्रहरीले केसीलाई शुक्रबार बेलुका भक्तपुरको साँगाबाट पक्राउ गरेको थियो ।
आइतबार केसीलाई काठमाडौं जिल्ला अदालतले हिरासतमा राख्न तीन दिनको अनुमति दिए पनि अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएको भन्दै प्रहरीले रिहा गरेको थियो ।
जाहेरीमा केसीले पेश्की रकम लिएर पनि फिल्ममा काम गर्न नमानी आर्थिक विश्वासघात गरेको आरोप निर्माती कटवालले लगाएकी थिइन् ।
प्रहरीले गरेको सोधपुछमा अनमोलले आफूले १० लाख फिर्ता गर्न खोज्दा पनि ‘रावायण’ फिल्मका निर्माताले लिन अस्वीकार गरेको बताएका थिए ।


















इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
प्रतिक्रिया