नेप्से परिसूचक १७.५६ अंक घट्यो

काठमाडौँ । मंगलबार नेप्से परिसूचक १७.५६ अंक घटेर १९५८.७२ विन्दुमा ओर्लिएको छ । सोमबार सामान्य अंक बढेर बन्द भएको नेप्से आज घटेको हो ।
नेप्सेसँगै मंगलबार सेन्सेटिभ इण्डेक्स ३.६६, फ्लोट इण्डेक्स १.१९ र सेन्सेटिभ इण्डेक्स १.३२ अंक घटेको छ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। सोमबार १ अर्ब ७३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २८१ स्टकको ५५ हजार ९६ पटकको कारोबारमा १ अर्ब १९ करोड ९१ लाख रुपैयाँ बराबरको ३९ लाख ६५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज समता लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ७.९१ प्रतिशत बढेको छ। घलेम्दी हाइड्रोको शेयरमूल्य ७.८१ प्रतिशत बढेको छ भने हिमालयन लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक साढे ७ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा आज सिटिजन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। इन्स्योरेन्सको यस दिन साढे ५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। त्यस्तै एनआईसी एशियाको ५ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
मंगलबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.४७ प्रतिशत घटेको छ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया