हरेक कठिन परिस्थितिमा कांग्रेसको भूमिका निर्णायक : डा रिजाल

ताप्लेजुङ । नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले देशका हरेक कठिन परिस्थितिमा कांग्रेसको भूमिका निर्णायक भएको बताएका छन् ।
ऐतिहासिक परिवर्तनमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको उनले उल्लेख गरे ।
कांग्रेस ताप्लेजुङ प्रदेश क्षेत्र (क) को क्षेत्रीय सम्मेलनलाई बुधबार सम्बोधन गर्दै देशका हरेक ऐतिहासिक परिवर्तनमा पार्टीको निर्णायक भूमिका रहेको र यसलाई कायम गर्दै जाने बताए । मुलुकका हरेक कठिन परिस्थितिको सामना गर्न नेपाली कांग्रेस अग्रसर रहँदै आएको उल्लेख गर्दै उनले आगामी समयमा समेत मुलुक परिवर्तनमा कांग्रेसको भूमिका निर्णायक र महत्वपूर्ण हुनेमा विस्वास व्यक्त गरे ।
राजनीतिक स्थायित्व कायम गर्दै मुलुकलाई समृद्धितर्फ अघि बढाउन पार्टीको महत्वलाई जोड दिनुभएका नेता डा रिजालले विभिन्न विषयलाई लिएर कतिपय नेता कार्यकर्तामा देखिएका असन्तुष्टि र समस्यालाई छलफल र संवादमार्फत नै अन्त्य गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।
कार्यक्रममा कोशी प्रदेशसभा सदस्यसमेत रहनुभएका ताप्लेजुङ प्रदेश क्षेत्र (ख) का सभापति खगेनसिं हाङ्गाम, प्रदेश सदस्य इन्द्र केदेम, पार्टीका जिल्ला सभापति गजेन्द्र प्रसाद तुम्याहाङलगायतले आ-आफ्नो धारणा राखेका थिए ।
















आणविक वार्ताको प्रगतिमा बाधक पश्चिमा भएको इरानको दावी
अमेरिकी इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर भोलि नेपाल आउँदै
वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प छैनः संयोजक दाहाल
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
देशलाई विकास र सुशासन चाहिएको छ : लामिछाने
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
आईसीसी टी–२० विश्वकप: श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड पराजित
टी-२० विश्वकपमा आज तीन खेल, नेपाल रहेको समूहबाट भिड्दैछन् स्कटल्याण्ड र इटाली
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
रुद्रवेणी–वामीटक्सार सडक आजदेखि अवरुद्ध हुने
प्रतिक्रिया