नक्कली भुटानी शरणार्थी प्रकरण
खाण, रायमाझीलगायतले थुनामुक्त माग गर्दै दर्ता गरेको निवेदनमाथि दोस्रो पटक सुनुवाइ स्थगित

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले गरेको आदेश विरुद्ध थुनामुक्त हुन माग गर्दै उच्च अदालत पाटनमा दर्ता गरिएको रिट निवेदनमाथिको सुनुवाइ फेरि स्थगित भएको छ ।
पूर्वगृहमन्त्री बालकृष्ण खाँण, टोपबहादुर रायमाझीलगायतले दर्ता गरेको निवेदन न्यायाधीशद्वय श्यामजी प्रधान र दीपेन्द्र अधिकारीको संयुक्त इजलासमा परेको थियो । यद्यपि, बिहीबारका लागि सो निवेदनमाथिको सुनुवाइ स्थगित गरिएको हो ।
यस अगाडी पनि एक पटक निवेदकहरुका तर्फबाटै रिटमाथीको सुनुवाई स्थगित गराईएको थियो । अहिले फेरि दोस्रो पटक रिटमाथीको सुनुवाई स्थगित गरिएको हो । आजको सुनुवाई भने न्यायाधीसका कारण स्थगित भएको बताइएको छ ।
न्यायाधीसले निरन्तर यो मुद्दामा सुनुवाई गर्नुपर्ने र आफ्नो घरमा भोलि सोह्रश्राद्द रहेकोले हेर्न नभ्याइने बताएपछि सुनुवाई स्थगित भएको खााण, रायमाझी पक्षकाले जानकारी दिएका छन् ।
काठमाडौं जिल्ला अदालतले खाण, रायमाझी सहितलाई पूर्पक्षमा जेलमा राखेर अनुसन्धान प्रक्रिया अगाडी बढाउन आदेश गरेका थिए ।
यो निर्णय उपर उनीहरुले उच्च अदालतमा निवेदन दिएका थिए । यसरी निवेदन दिनेहरुमा खाण र रायमाझीसहित नरेन्द्र केसी, टेकनारायाण पाण्डे, सानु भण्डारी, आङटावा शेर्पा, डा. ईन्द्रजीत राई, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शम्शेर मियाँ, गोविन्द चौधरी, आशिष बुढाथोकी, सन्दीप रायमाझी, टेकनाथ रिजाल, केशवप्रसाद दुलाल, टंककुमार गुरुङ, सागर राई र रामशरण केसी लगायत छन् ।
उनीहरूमाथि ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको मुद्दा रहेको छ ।
















रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
NA passes Film Bill
इजरायलद्वारा वेस्ट ब्याङ्कबाट २३ जना प्यालेस्टिनी पक्राउ
सङ्खुवासभामा निर्वाचन चहलपहल बढ्दो : प्रजिअ थपलियाद्वारा मतदानस्थल र मतदान केन्द्रको अनुगमन
नेपालकै पहिलो डिजिटल इकोसिस्टम ग्लोबल डायरी सञ्चालनमा
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
कांग्रेस अनुशासन समितिको संयोजकमा गुरुङ
प्रतिक्रिया