बुधबार, माघ २८, २०८२

एमाले गण्डकी अध्यक्षमा नवराज शर्मा विजयी

मेरोन्यूज २०८० असोज १९ गते ६:५१

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनबाट अध्यक्षमा म्याग्दीका नवराज शर्मा निर्वाचित भएका छन् ।

प्रतिस्पर्धी लमजुङका मायानाथ अधिकारीलाई पराजित गर्दै नवराज अध्यक्ष निर्वाचित भएका हुन् । शर्माले ५ सय ३१ मत पाउँदा र अधिकारीले ३ सय ६५ मत प्राप्त गरे ।

उपाध्यक्षमा नवराज प्यानलकै स्याङ्जाका मिनप्रसाद गुरुङ विजयी भएका छन् । गुरुङले ५ सय ३४ र उनका प्रत्यासी नवलपुरका बाबुराम विश्वकर्माले ३ सय ६२ मत प्राप्त गरे ।

सचिवमा धनन्जय दवाडीले ५ सय २० मत लिएर विजयी भए ।

उपसचिवमा कास्कीका दामबहादुर विकले ४ सय ९९ मत लिएर निर्वाचित भए ।

महिला उपसचिवमा पर्वतका मञ्जु अधिकारी ५३१ मतसहित विजयी बनिन् ।

बिहिवार भएको मतदानमा ८ सय ९६ मत खसेको थियो । ३३ वटा विद्युतीय मेसिनमार्फत मतदान भएको थियो ।

प्रतिक्रिया