बुधबार, माघ २८, २०८२

सडक बत्ती बाल्दा ३३२ स्थानीय तहले तिरेनन् विद्युत महशुल, कसकाे कति बाँकी ? (सूचीसहित)

मेरोन्यूज २०८० असोज २१ गते ७:४८

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशभरका ३३२ स्थानीय तहले विद्युत महशुल नतिरेको जनाएको छ । प्राधिकरणले आगामी ४५ दिनभित्र विद्युत महशुल तिर्न पनि निर्देशन दिएको छ ।

आइतबार एक सूचना निकाल्दै प्राधिकरणले ४५ दिनभित्र महशुल नतिरे विद्युत महशुल सङ्कलन विनियमावली, २०७८ को विनियम १० को बमोजिम कारवाही गर्ने चेतावनी समेत दिएको हाे ।

प्राधिकरणका अनुसार ३३२ स्थानीय तहले ६ अर्ब ८ करोड ९४ लाख ३११ रुपैयाँ विद्युत महशुल बुझाउन बाँकी रहेको छ । याे स्थानीय निकायहरूले सडकबत्तीका लागि विद्युत शक्ति उपभोग गरेबापत गत असारमसान्तसम्म बुझाउन बाँकी रहेको महशुल हो ।

प्रतिक्रिया