सञ्चार रजिष्ट्रारद्वारा पत्रकारहरुको सामूहिक बीमा

मकवानपुर । सञ्चार रजिष्ट्रार कार्यालय बागमती प्रदेशले प्रदेशका तीन सय ६० पत्रकारको सामूहिक दुर्घटना बीमा गरेको छ । बीमा ऐन २०४९ को दफा ८ को उपदफा ९घ० २ अनुसार र बीमा समितिले बनाएको दुर्घटना बीमा निर्देशिका २०७८ बमोजिम सञ्चार रजिष्ट्रार कार्यालय बागमती प्रदेशबाट परिचयपत्र प्राप्त गरी नवीकरण गरेका पत्रकारको सामूहिक दुर्घटना बीमा गरिएको सञ्चार रजिष्ट्रार कार्यालय बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले जानकारी दिए ।
प्रतिव्यक्ति रु सात लाखसम्मको सामूहिक दुर्घटना बीमा नेपाल सरकारको स्वामित्व प्राप्त राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग गरिएको सापकोटाले बताए । पहिलो चरणको यो बीमा कार्यक्रम बीमा लागू भएको मितिले तीन सय ६५ दिन कायम रहने उहाँले जानकारी गराए । सञ्चार रजिष्ट्रारको कार्यालयबाट परिचयपत्र प्राप्त गरेका तर नवीकरण गर्न बाँकी रहेका पत्रकारहरूले आफ्नो परिचयपत्र नवीकरण गरी दोस्रो चरणको बीमा कार्यक्रममा सहभागी हुन सक्ने उनले जानकारी गराएका छन् ।
क्रियाशील भएर काम गर्ने पत्रकारको मनोबल बढाउन, उनीहरू सुरक्षित भएर तटस्थ रूपमा काम गर्न सक्ने वातावरणको सिर्जना गर्नका लागि बीमा कार्यक्रम प्रभावकारी बन्ने सञ्चार रजिष्ट्रार सापकोटाको विश्वास रहेको छ । “पत्रकारले सुरक्षित महसुस गर्न सके मात्रै गुणस्तरीय समाचार लेख्न मद्दत पुग्छ, आगामी दिनमा सामाजिक सुरक्षामा लैजाने योजना पनि बनाइरहेका छौँ”, सञ्चार रजिष्ट्रार सापकोटाले भने ।
















अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक
फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने
महाशिवरात्रि पर्वलाई सभ्य र भव्य बनाउन यस्ताे छ तयारी
परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता
अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारीविनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
प्रतिक्रिया