बुधबार, माघ २८, २०८२

संसदमा परराष्ट्रमन्त्रीको सम्बोधन

इजरायलमा १२ नेपाली सम्पर्कबिहीन : परराष्ट्रमन्त्री

केही हताहत भएको हुनसक्ने आशंका

मेरोन्यूज २०८० असोज २१ गते १३:१५

काठमाडौं । परराष्ट्रमन्त्री डा नारायणप्रसाद (एनपी) साउदले इजरायलमा प्यालेस्टिटानी लडाकु समूह हमासले गरेको आक्रमणमा परी १२ नेपाली सम्पर्कबिहीन भएको बताएका छन् । ती बसै नेपाली विद्यार्थीहरु रहेको परराष्ट्रमन्त्री साउदे जानकारी दिए ।

प्रतिनिधिसभा बैठकलाइृ इजरायल समस्याका बारेमा आइतबार जानकारी गराउँदैं परराष्ट्रमन्त्री साउदले त्यस्तो बताएका हुन् । उनले आक्रमणमा परी केही नेपाली विद्यार्थी हताहत भएको हुनसक्ने पनि बताएका छन् ।

परराष्ट्रमन्त्रीले इजरायलमा ४५ सय नेपालीहरु केयरगिभरको रुपमा कार्यरत रहेको र त्यहाँ हाल २६५ जना नेपाली विद्यार्थीहरु इजरायल सरकारको लरन एण्ड अरन कार्यक्रम अन्तगर्त पढिरहेको भन्दै यसमध्ये नेपालको कृर्षि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना इजरायलमा रहेको जानकारी संसदमा गराएका थिए । यीमध्ये सुदूररपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपालीहरु दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा अध्ययन रत रहेको परराष्ट्रमन्त्रीले बताए ।

प्रतिक्रिया