नयाँ ‘हेडवर्क’ एक किलामिटर सार्नुपर्ने

काठमाडौँ । तीन वर्ष पहिले क्षतिग्रस्त भएको सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची खानेपानी आयोजनाको ‘हेडवर्क’ अहिलेको संरचनाभन्दा केहीमाथि सार्नुपर्ने भएको छ । निर्माणाधीन ‘हेडवर्क’ मा तीन वर्ष पहिले बाढीले क्षति पुर्याएको थियो ।
क्षतिपछि दातृ निकाय एशियाली विकास बैंक (एडिबी) ले गरेको अध्ययन प्रतिवेदनका आधारमा त्यसलाई स्थानान्तरण गर्नुपर्ने भएको मेलम्ची खानेपानी आयोजना विकास समितिले जनाएको छ ।
बैंकले अध्ययन गरेसकेको भए पनि अध्ययन पश्चात् सिफारिस आउन बाँकी रहेको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । अध्ययन प्रतिवेदनले हेडवर्क स्थानान्तरण गर्नुपर्ने भनेपछि सोही आधारमा स्थानान्तरण गरिने उनले बताए ।
नयाँ हेडर्वक निर्माण गर्दा पहिलाकोसँगै थप संरचना पनि आवश्यक पर्ने पन्तको भनाइ थियो । नयाँ हेडवर्कबाट मुख्य सुरुङसम्म आउने गरी एउटा सुरुङ बनाउनु पर्ने देखिएको बताउँदै उनले अध्ययनको सुझावका आधारमा निर्णय हुन बाँकी रहेको जानकारी दिए ।
आयोजना स्थलमा कुनै पनि संरचनाको पुनःनिर्माणका लागि सबैभन्दा पहिले पहुँच मार्ग (सडक) आवश्यक रहेको भन्दै सूचना अधिकारी पन्तले तीन वर्ष पहिले आएको बाढीले मेलम्चीबाट आयोजना स्थलसम्मको सडक बगाएको बताए । स्थानीय पालिका र आयोजनाको समन्वयमा अस्थायी रुपमा आवतजावतका लागि सडक खुलाइए पनि यस वर्षको बाढीले उक्त सडक पनि बगाएको उनले जानकारी दिए ।
आयोजनामा सबैभन्दा पहिले प्रवेशमार्ग बनाउनुपर्ने बताउँदै यससम्बन्धी निर्णय आएपछि मात्रै काम हुने पन्तको भनाइ थियो । उनका अनुसार यसअघि निर्माण भएको हेडवर्क भन्दा झण्डै एक किलोमिटर भित्र बनाउनुपर्ने छ ।
मेलम्ची नदीको पानी काठमाडौँ उपत्यकामा ल्याउने गरी सुरु गरिएको आयोजना दुई दशक नाघेपनि सम्पन्न भइसकेको छैन । आयोजनाले अम्बाथानबाट सुन्दरीजलसम्मको मुख्य सुरुङ, पानी डाइभर्ट गर्नका लागि हेडवर्क र सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माण गरेको थियो । ती संरचनामध्ये हालसम्म सुरुङ र प्रशोधन केन्द्र पूर्ण रुपमा सम्पन्न भएर तीन वर्ष पहिलेदेखि पानी वितरणका लागि सञ्चालनमा छन् । ।
हेडवर्क भने सम्पन्न नहुँदै बाढीका कारण क्षतिग्रस्त भएको आयोजना कार्यालयले जनाएको छ । हेडवर्क प्रयोग गर्न नमिलेपछि यसअघि आयोजनाले अस्थायी बाँधमार्फत पानी ल्याउने गरेको थियो ।
















अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक
फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने
महाशिवरात्रि पर्वलाई सभ्य र भव्य बनाउन यस्ताे छ तयारी
परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता
अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारीविनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया