आइतबार, माघ २५, २०८२

सीमित स्रोतबाट सशस्त्रले गरेको काम उल्लेखनीय : प्रधानमन्त्री

मेरोन्यूज २०८० असोज २१ गते १७:०२

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिकूल मौसम, भौगोलिक विकटता तथा साधनस्रोतको सीमितताका बाबजुद पनि सशस्त्र प्रहरीले राम्रो काम गरेको बताएका छन् ।

सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानको सि.सं १५ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दिक्षान्त समारोहमा प्रधानमन्त्री दाहालले सुरक्षा निकाय प्रचलित कानुनको अधीनमा रही सरकारको निर्देशनबमोजिम जनसेवा र सुरक्षामा केन्द्रित हुनु पर्ने बताए ।

सशस्त्र प्रहरीले राज्यले सुम्पिएको जिम्मेवारी उच्च व्यवसायिक निष्ठा, अनुशासन र इमान्दारीताका साथ सम्पन्न गर्दै आइरहेको दाहालले बताए । राष्ट्रका आन्तरिक सुरक्षा, विपद व्यवस्थापन, महामारी नियन्त्रण, राजस्व गस्ती एवं भन्सार सुरक्षाका साथै राष्ट्रिय सुरक्षाका मूलभूत पक्षहरूमा गरेको गहन भूमिकाप्रति प्रधानमन्त्रीले सशस्त्र प्रहरीलाई धन्यवाद दिए ।

बलियो सुरक्षा अंग र प्रभावकारी सुरक्षा बिना देशमा विकास र समृद्धिको वातावरण एवं मनोविज्ञान निर्माण गर्न सम्भव नहुने प्रधानमन्त्रीको भनाइ थियो ।

प्रतिक्रिया