समयमै बन्न सकेन नगर अस्पताल

चितवन । राप्ती नगरपालिकाले निर्माण गर्न लागेको भण्डारा नगर अस्पताल ठेक्का सम्झौताको समयावधि सकिँदा ३५ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।
विसं २०७८ असार २२ गते दुई वर्षमै निर्माण गर्न सम्झौता भएर सुरु गरिएको सो अस्पताल ठेक्का सम्झौताको समय सकिँदा पनि काममा भने प्रगति नभएको हो ।
नगरपालिकासँगै जोडिएको यस अस्पताल निर्माणका लागि बुद्धअत्रेय बस्नेत जेभी काठमाडौँले रु १० करोड ४२ लाख ४३ हजार चार सय ९० मा ठेक्का सम्झौता गरे पनि काम भने प्रभावकारी रुपमा हुन नसकेको नगरपालिकाका प्रमुख शमशेर लामाले जानकारी दिए । उनका अनुसार मत्स्य विकास केन्द्रको नाममा रहेको एक बिघा दस कठ्ठा जग्गामा नगर अस्पताल निर्माण गर्न लागिएको हो ।
प्रादेशिक मन्त्रिपरिषद् बैठकबाट निर्णय भई नगरपालिकालाई भोगचलनका लागि दिएको सो जग्गामा तीन तले अस्पताल निर्माण गर्न लागिएको थियो । अस्पताल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी सम्पर्कमा नआएका कारण अस्पताल निर्माणकै क्रममा अलपत्र परेको उनले जानकारी दिए ।
अस्पताल निर्माण गर्नका लागि ठेकेदार कम्पनीलाई ताकेता गर्दा विभिन्न बाहना देखाउने गरेको भन्दै नगरप्रमुख लामाले पछिल्लो समयमा भने सम्पर्कमा आएको बताए । उनले भने, “ठेक्का सम्झौताको समय सकिए पनि पुनः समय थप गरी निर्माण सम्पन गर्न नगरपालिका लागिपरेको छ ।”
















अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक
फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने
महाशिवरात्रि पर्वलाई सभ्य र भव्य बनाउन यस्ताे छ तयारी
परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता
अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारीविनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया