पर्यटनमन्त्रीको अगुवाइमा मनकामना मन्दिर परिसरमा सफाइ

गोरखा । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीको अगुवाइमा आज बिहान गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर परिसरमा सफाइ गरिएको छ । त्यस कार्यका लागि उनी मङ्गलबार साँझ यहाँ आईपुगेका थिए ।
मन्त्री किरातीको अगुवाइमा मनकामना मन्दिर र आसपासका क्षेत्रमा रहेका फोहर सङ्कलन गरी व्यवस्थापन कार्यक्रममा स्थानीय बासिन्दा तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको समेत सहभागिता रहेको नेकपा (माओवादी) केन्द्रका जिल्ला संयोजक दीपक तिमल्सिनाले जानकारी दिए ।
मनकामनाको दर्शनले मनोकांक्षा पूरा हुने धार्मिक विश्वासले यहाँ भक्तजनको वर्षभरी नै भीड लाग्ने गर्दछ । बर्सेनी मन्दिरमा हजारौँ भक्तजन भाकल पूरा गर्न पूजासहित बलि चढाउन र परेवा उडाउन आउने गर्दछन् ।गोरखाको शहीद लखन गाउँपालिका–२ र ३ मा पर्ने मनकामना मन्दिर नेपालकै एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय तीर्थस्थलका रुपमा प्रख्यात छ ।
यस मन्दिरमा दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वास रहेकै कारण परापूर्वकालदेखि मन्दिरको नाम नै मनकामना रहन गएको हो भन्ने भनाइ छ ।
पर्यटकसमेत केबलकार चढेर दर्शन गर्नाका साथै यहाँबाट दृष्यावलोकनका लागि मन्दिरमा पुग्ने गर्दछन् । समुद्री सतहदेखि एक हजार ३०३ मिटरको उचाइमा अवस्थित यो मन्दिर परिसरबाट दक्षिणतर्फ महाभारत लेक र छिम्केश्वरी डाँडाका साथै उत्तरी भागमा अन्नपूर्ण हिमाल र मनास्लु हिमालका चुचुरा देख्न सकिन्छ ।
















अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक
फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने
महाशिवरात्रि पर्वलाई सभ्य र भव्य बनाउन यस्ताे छ तयारी
परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता
अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारीविनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया