एमाले सुदूरपश्चिम अधिवेशन
अध्यक्षका उम्मेदवार तिमिल्सिनासहित ३ जनाको उम्मेदवारी फिर्ता

काठमाडौं । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनमा अध्यक्षका एक जना उम्मेदवारसहित ३ जनाले उम्मेदवारी पफिर्ता लिएका छन् । निर्वाचन समितिले आज दिउँसो १२ बजेसम्म उम्मेदवारी फिर्ता लिन तोकेको समयतालिकाभित्र अध्यक्षका १ र उपाध्यक्षका २ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ ।
अध्यक्ष पदमा उम्मेदवारी दिएका कमल तिमिल्सिनाले उम्मेदवारी फिर्ता लिएका छन् । उनलाई पार्टी नेताहरुले केन्द्रीय सदस्य बनाउने बचन दिएपछि उनले उम्मेदवारी फिर्ता लिएको बताइएको छ ।
निवर्तमान कमिटीका उनी उपाध्यक्ष थिए । उनको उम्मेदवारी फिर्ता भएपनि अध्यक्षमा अझै तीन जना उम्मेदवार चुनावी मैदानमा छन् । पूर्व जिविस सभापति कृष्णप्रसाद जैसी, भरतबहादुर साउद र बचनबहादुर सिंहले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्। जैसी र साउद अछामका हुन्। सिंह भने कञ्चनपुरका हुन् ।
यसैगरी उपाध्यक्षमा उम्मेदवारी दिएका बलदेव रेग्मी र रणबहादुर महराले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ ।
उम्मेदवारी फिर्ताको समय आज दिउँसो साढे १२ बजेसम्मका लागि थपिएको छ ।
















अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक
फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने
महाशिवरात्रि पर्वलाई सभ्य र भव्य बनाउन यस्ताे छ तयारी
परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता
अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारीविनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया