कोशीका ३८ स्थानमा यात्रु सहायता कक्ष स्थापना

झापा । चाडपर्वको समयमा यात्रुलाई सहज र सुरक्षित यात्राका लागि कोशी प्रदेशका ३८ स्थानमा यात्रु सहयाता कक्ष स्थापना गरिएको छ ।
“सुरक्षा सुनिश्चितता अभियान २०८० को चाडपर्व सुरक्षा योजना अन्तर्गत” प्रदेशका मुख्य राजमार्ग तथा सहायक मार्गको विभिन्न स्थानमा सहायता कक्ष स्थापना गरिएको विराटनगरस्थित प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, मातहतका प्रहरी कार्यालय तथा यातायात व्यवसाय सम्बद्ध संस्थासमेतको समन्वय र सहकार्यमा कोशी प्रदेशका ३८ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी सेवा प्रवाह सुरु गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता सुनिल दाहालले बताए ।
उनका अनुसार झापाको बिर्तामोड दमक, काकडँभिट्टा, भद्रपुर, बुद्धशान्ति, बुधबारे, ताप्लेजुङको तोक्मेडाँडा, पाँचथरको फिदिम बसपार्क, धनकुटा बसपार्क, हिले, भेडेटार, उदयपुरको बरुवा बसपार्क, तेह्रथुमको गुराँस चोक, म्याङलुङ बसपार्क, सुनसरीको शिवचोक, ईटहरी बसपार्क, सोलुखुम्बुको आँवाडाँडा, जोर बौद्ध, पतालेमा, इलामको फिक्कल, इलाम बसपार्क, बिब्ल्याटेलगायतक स्थानमा यात्रु सहयाता कक्ष स्थापना गरिएको छ
यसैगरी, मोरङको विराटनगर बसपार्क, उर्लाबारी, पथरी, बेलबारी, विराटचोक, रङ्गेली, भोजपुरको देउराली, घोरेटार, अरुण जरायोटार, दिल्पामा, खोटाङको रत्नपार्कमा, ओखलढुङगाको सिद्धिचरण, रमाइलोडाँडा, सखुङ्वासभाको खाँदवारीमा यात्रु सहायता कक्ष स्थापना गरी सेवा प्रवाह सुरु गरिएको उनले बताए ।
यात्राका क्रममा यात्रुलाई कुनै प्रकारको असहज वा असुरक्षित महसुस भएमा र सामान छुटेमा नजिकैको यात्रु सहायता कक्ष वा प्रहरीको हटलाईन नम्बर १०० अथवा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा सम्पर्क गर्नसमेत उनले विज्ञप्ति जारी गर्दै आग्रह गरेका छन् ।
















सानिमा रिलायन्स इन्स्योरेन्स ‘बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स कभरेज फर द इयर’ अवार्डबाट सम्मानित
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त
Girl dies, one injured in elephant attack
सुदृढ प्रहरी सङ्गठनका लागि रणनीतिक सम्मेलन महत्त्वपूर्ण : गृहमन्त्री अर्याल
HPV vaccination campaign for girls across the country begins today
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग
प्रतिक्रिया