काठमाडौँको गोकर्णेश्वरमा प्रहरीले लुटेरा समूहमाथि चलायो गोली

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा प्रहरीले लुटेरा समूहमाथि गोली चलाउँदा एक जना घाइते भएका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले लुटेरा समूहमाथि गोली चलाउँदा एक जना घाइते भएको र ३ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
गोकर्णेश्वर नगरपालिका–९ जगडोलमा लुटेरा समूह आएको खबर पाएपछि पुगेको प्रहरीलाई देखेपछि लुटेरा समूहले हतियार निकालेपछि आत्मरक्षाका लागि गोली चलाएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।
‘लुटेरा समूह आएको जानकारी पाएपछि हामी पुगेका थियौं, चेकजाँचका क्रममा उनीहरुले हतियार निकाले’, उनले भने,’आत्मरक्षाका लागि हामीले पहिले गोली चलायौं । एक जना घाइते भएका छन् ।’
घाइते युवकको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ । नियन्त्रणमा लिएकाहरुलाई प्रहरी वृत्त वौद्धमा राखिएको छ ।
लुटेराहरू के लुट्न आएका थिए भन्ने प्रहरीले खुलाएको छैन ।
















सानिमा रिलायन्स इन्स्योरेन्स ‘बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स कभरेज फर द इयर’ अवार्डबाट सम्मानित
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त
Girl dies, one injured in elephant attack
सुदृढ प्रहरी सङ्गठनका लागि रणनीतिक सम्मेलन महत्त्वपूर्ण : गृहमन्त्री अर्याल
HPV vaccination campaign for girls across the country begins today
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग
प्रतिक्रिया