प्रहरीले गोली हानेर नियन्त्रणमा लिएका तीन लुटेराको पहिचान
लुटराहरूबाट प्रहरीले बरामद गर्यो पेस्तोल र ७ राउण्ड गोली

काठमाडौँ । काठमाडौंको बौद्ध क्षेत्रमा प्रहरीले गोली हानेर पक्राउ गरेका ‘लुटेरा’को समूहका तीन जनाको पहिचान भएको छ । तातोपानी नाकाबाट तस्करले ल्याएको सुन लुट्ने कार्यमा गरिरहकाहरू तीन जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरले तातोपानी नाकाबाट तस्करले ल्याएको सुन लुट्ने गरेको सूचनाका आधारमा प्रहरीले पिछा गरिरहेकाहरूले प्रहरीलाई नै पेस्तोल ताकेपछि गोली प्रहार गरेर नियन्त्रणमा लिइएको जानकारी दिए । आफूहरूले पक्राउ गरेकाहरूबाट लुटपाटमा प्रयोग गर्ने सामानहरु बरामद भएको एसएसपी राठोरले बताए ।
तीन मोटरसाइकलमा रहेका ६ जनाको समूहलाई प्रहरीले पिछा गरिरहेको थाहा पाएपछि उनीहरुले प्रहरीलाई पेस्तोल ताकिसकेपछि जवाफी फायर गरेको राठौरले बताए।
प्रहरीको गोली लागेर सिन्धुलीको कमलामाई नगरपालिका २ का अन्दाजी ३६ वर्षीय अमर घलान घाइते भएका छन्। घलानको घुँडामुनी एक राउण्ड र तिघ्रामा एक राउण्ड गोली लागेको छ। उनलाई प्रहरीले नियन्त्रणमा लिएर नेपाल मेडिकल कलेज जोरपाटी अत्तरखेल लगेको छ।
प्रहरीले घलानको साथबाट ७ राउण्ड गोलीसहित एउटा पेस्तोल बरामद गरेको छ।
प्रहरीले घलानसँगै सर्लाहीका अन्दाजी ३६ वर्षीय शन्त लामा र सिन्धुपाल्चोकका अन्दाजी ३० वर्षीय जितेन लामा रहेका छन्। उनीहरु चढेका दुईवटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ।
एउटा मोटरसाइकलमा रहेका दुई जना भने फरार भएको एसएसपी राठोरले जानकारी दिए ।
घटनामा फरार रहेका अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
















नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त
Girl dies, one injured in elephant attack
सुदृढ प्रहरी सङ्गठनका लागि रणनीतिक सम्मेलन महत्त्वपूर्ण : गृहमन्त्री अर्याल
HPV vaccination campaign for girls across the country begins today
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग
प्रतिक्रिया