लामखुट्टेको लार्भा भेटिएपछि पानी उद्योगलाई एक लाख जरिवाना
मेरोन्यूज
२०८० असोज २६ गते ८:२३

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पशुपति पानी उद्योगलाई जरिवानासहित निर्देशन दिएको छ ।
बुढानिलकण्ठमा रहेको पशुपति स्प्रिङ वाटर उद्योगले उत्पादन गरेको पानीमा लामखुट्टेको लार्भा भेटिएको भन्दै बिहिबार रु एक लाख जरिवाना गरिएको महानगरका अनुगमन निरीक्षक डा अवधेश झाले जानकारी दिए ।
पशुपति पानी उद्योगबाट उत्पादित एभरेष्ट जारभित्रको पानीमा लार्भा भेटिएकाले कारबाही गरिएको उनको भनाइ छ । बिक्री गर्न ल्याइएको जारमा लामखुट्टेको लार्भा भेटिएको थियो । महानगरले कम्पनीलाई जारमा पानी भर्नु अगाडि अनिवार्य निर्मलीकरण गर्न र प्रत्येक महिना पानी परीक्षण प्रतिवेदन ढुवानीकर्तालाई दिन निर्देशन दिएको छ ।
काठमाडौँ महानगरपालिकाले गत असोज २३ गते बालाजु औद्योगिक क्षेत्रभित्र सञ्चालित त्रिवेणी वेभरेज इण्डस्ट्रिजलाई पनि रु एक लाख जरिवाना गरेको थियो ।
सम्बन्धित
















सानिमा रिलायन्स इन्स्योरेन्स ‘बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स कभरेज फर द इयर’ अवार्डबाट सम्मानित
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त
Girl dies, one injured in elephant attack
सुदृढ प्रहरी सङ्गठनका लागि रणनीतिक सम्मेलन महत्त्वपूर्ण : गृहमन्त्री अर्याल
HPV vaccination campaign for girls across the country begins today
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज कति छ सुनको भाउ ?
Former PM Bhattarai bereaved of father
प्रतिक्रिया