इजरायलबाट फर्किन थप २०० नेपालीले दिए आवेदन

काठमाडौं । द्वन्द्वग्रस्त इजरायलबाट नेपाल फर्कन २०० जनाले तेल अबिबस्थित नेपाली दूतावासमा आवेदन दिएका छन् । उनीहरूले आफूहरूलाई छिट्टै नेपाल फर्काउन दूतावासलाई आग्रह गरेका छन् ।
इजरायल-प्यालेस्टाइन युद्ध सुरु भएसँगै दूतावासले घर फर्किन चाहने नेपालीहरूका लागि अनलाइनमार्फत निवेदन मागेको थियो । जहाँ आज फर्काइएकाबाहेक नेपाल फर्कन चाहने २०० जनाभन्दा बढीको विवरण रहेको दूतावासले जनाएकाे छ ।निवेदन दिएका बाँकी सबैलाई नेपाल फर्काउने प्रक्रिया सुरु गरिएको दूतावासले जनाएको छ ।
प्यालेस्टिन चरमपन्थी समूह हमास र इजरायलबीच शनिबारदेखि युद्ध चर्किदा इजरायलमा रहेका नेपालीहरु असुरक्षित महशुस गरी नेपाल फर्कन चाहेका छन् । शुक्रबार बिहानमात्रै पहिलो चरणमा १५४ जना नेपाली विद्यार्थीलाई उद्धार गरी नेपाली ल्याइएको छ ।
हमासले शनिबार इजरायलमा अचानक गरेकाे आक्रमणमा परि १० नेपाली मारिएका थिए भने चारजना घाइते भएका थिए । एक नेपाली अझै सम्पर्कविहीन छन् ।


















पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
प्रतिक्रिया