गैह्रीगाउँमा सामुहिक हत्या गर्ने भण्डारीलाई जन्कैदको माग गर्दै मुद्दा दर्ता
क्रूर तथा निर्ममतापूर्वक हत्या कसुरमा भण्डारीलाई जीवित रहेसम्म कैदमा राख्न मागदाबी

काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले गैह्रीगाउँ सामूहिक हत्या प्रकरणको मुद्दा जिल्ला अदालत काठमाडौंमा दर्ता गरेको छ। २५ दिन लामो अनुसन्धान सकेर जिल्ला प्रहरी परिसर काठमाडौंले पठाएको अनुसन्धान प्रतिवेदनअनुसार सरकारी वकिलले अदालतमा मुद्दा दर्ता गरेको हो ।
सामुहिक हत्या अभियोगमा पक्राउ गरेका सञ्जय भण्डारीलाई क्रूर तथा निर्ममतापूर्वक हत्या गरेको कसुरमा जीवित रहेसम्म कैदमा राख्न मागदाबी गरिएको छ ।
२५ दिन लामो अनुसन्धानका क्रममा हत्या गरेर भाग्दै गरेको सीसीटीभी फुटेजदेखि संकलित अन्य अन्य प्रमाणहरु पेस गर्दै जन्म कैदको सजाय मागदाबी गर्दै मुद्दा दर्ता गरिएको छ। जसअनुसार प्रहरीले डीएनए (परीक्षण) समेत गराएर यो घटनामा थप प्रमाण जुटाएको छ।
‘सीसीटीभी फुटेज मात्रै होइन हामीले यो घटनामा डीएनए समेत गराएर पुष्टि गरेका छौं,’ जिल्ला प्रहरी परिसर काठमाडौंका
प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुंगेलले भने।
भण्डारीलाई पक्राउ गर्दा प्रहरीले उनको साथबाट हत्यामा संलग्न भनिएको खुकुरी बरामद गरेको थियो। खुकुरीको बिडमा रगतको टाटा बाँकी नै थियो। रगतको डीएनए हत्या गरिएकामध्ये १ जना नवीन राईको डीएनएसँग मेल खाएको प्रहरी प्रतिवेदनमा उल्लेख गरेको छ ।
अभियुक्तको टिसर्ट र पाइन्टमा भेटिएको रगतको टाटाको डीएनए पूर्णबहादुरको डीएनएसँग मेल खाएको प्रवक्ता ढुंगेलले जानकारी दिए।
घटनामा प्रहरीले पहिलोपटक ब्रेन म्यापिङ टेस्ट समेत गरेको थियो।भण्डारीलाई केन्द्रीय कारागार सुन्धारा लगेर ब्रेन म्यापिङ गराइएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रीय कारागारमा मनोचिकित्सकको टिमसहित स्थापना गरेको ब्रेन म्यापिङ केन्द्रमा लगेर भण्डारीको ब्रेन म्यापिङ गराइएको थियो।
गत भदौ २९ गते काठमाडौं महानगरपालिका–३२ गैह्रीगाउँस्थित दिव्य सःमिल एण्ड काष्ठ उद्योगमा ४ जनाको सामूहिक हत्या भएको थियो।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ घर भइ काठमाडौं काँडाघारीको वीरेन्द्र चोक बस्ने भण्डारीले गत भदौ २८ गते राति ४ जनाको सामूहिक हत्या गरेर फरार भएका खुलेको थियो। परिसर काठमाडौंको टोलीले भण्डारीलाई प्रहरीले भदौ ३१ गते पक्राउ गरेर सार्वजनिक गरेको थियो।
भण्डारीले फर्निचरमा बसेर काम गर्दै आएका दोलखाको कालिञ्चोक गाउँपालिका–८ घर भएका ५६ वर्षीय कुमार भुजेल भनिने पूर्णबहादुर भुजेल, उनकी श्रमती ५० वर्षीया अम्बिका भुजेल, आमा ७६ वर्षीया सुभद्रा भुजेल र धनकुटाको भिरगाउँ गाउँपालिका–२ घर भएका १९ वर्षीय नवीन भनिने विशाल राईको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो।
जन्मजात बोल्न नसक्ने भण्डारीले नक्सालस्थित बाल मन्दिरबाट सांकेतिक भाषामा कक्षा १२ सम्म अध्ययन समेत गरेका छन्।
हत्या गरेपछि झोलामा खुकुरी बोकेर सिन्धुपाल्चोक जाने तयारीमा रहेका बेला उनी पक्राउ परेका थिए। पक्राउ परेपछि भण्डारीले कपीमा आइ किल्ड फोर पिपुल’ लेखेर हत्या समेत स्वीकार गरेका थिए।
















सानिमा रिलायन्स इन्स्योरेन्स ‘बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स कभरेज फर द इयर’ अवार्डबाट सम्मानित
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त
Girl dies, one injured in elephant attack
सुदृढ प्रहरी सङ्गठनका लागि रणनीतिक सम्मेलन महत्त्वपूर्ण : गृहमन्त्री अर्याल
HPV vaccination campaign for girls across the country begins today
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग
प्रतिक्रिया