स्वदेश फर्कन चाहनेलाई उद्धार गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले इजरायलमा भएको आङ्कवादी आक्रमणका कारण त्रासमा बसेका नेपालीलाई उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको शून्य समयमा सांसद विमला सुवेदीले इजरायलमा भएको आङ्कवादी हमलापछि स्वेदश फर्कन चाहने दुई सय चवन्न जनालाई पहिलो खेपमा आज बिहान उद्धार गरिएकामा त्यसको स्वागत गर्दै स्वदेश फर्कन चाहनेलाई सबै नेपालीलाई ल्याउन सरकारसँग आग्रह गरेकी छन् ।
सांसद रघुजी पन्तले इजरायलमा मारिएका व्यक्तिका पारिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्दै सम्पर्कविहीन भएका एक जनाको खोजी गर्न सरकारले कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण गराए ।
सांसद मनिष झाले इजरायलबाट केही नेपालीलाई ल्याइएकामा त्यसको स्वागत गर्दै स्वदेश आउन चाहने सबैलाई ल्याउन सरकारसँग आग्रह गर्नुभयो । सांसद रमा कोइराला पौडेलले इजरायलमा धेरै महिला सुसारे भएर गएकाले घर फर्कन चाहने उनीहरूलाई पनि फर्काउनुपर्नेमा जोड दिए ।
नेकपा (एमाले)का सांसद भीमप्रसाद आचार्यले शिक्षकका समस्या, स्वास्थ्यकर्मीका समस्या सम्बोधन गर्न माग गर्दै कालोबजारी नियन्त्रणतर्फ पनि ध्यान दिन सरकारसँग आग्रह गरेका छन् ।
सांसद माधव सापकोटाले खेतबारी बाँझै राख्दा उत्पादन घटेकाले खाद्यान्न उत्पादन वृद्धिका लागि विशेष व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
सांसदहरु मीना तामाङ, मुक्तकुमारी यादव, रामकुमार राई, रणेन्द्र बराली, रञ्जुकुकमारी झाले चाडपर्वका बेला बजार मूल्य नियन्त्रण गर्न सरकार चुकेको आरोप लगाए ।
सांसद रामकृष्ण यादवले धनुषा जिल्लामा हुलाकी सडकको अवस्था दयनीय भएकाले तत्काल उक्त सडकको मर्मतसम्भार थाल्न माग गरे ।
सांसद रामप्रकाश चौधरीले तराईमधेसका प्रत्येक नगरपालिकामा चाडपर्व लक्षित सुपथ मूल्यका पसल सञ्चालन गर्न सरकारलाई सुझाए।
नेपाली काङ्ग्रेसका रामहरि खतिवडाले डेङ्गु सङ्क्रमण रोक्न समयमै ठोस प्रयत्न नभए त्यसले भयावह रुप लिने भएकाले समयमै सचेत भएर नियन्त्रणका काममा लाग्नुपर्नेमा जोड दिए ।
















सानिमा रिलायन्स इन्स्योरेन्स ‘बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स कभरेज फर द इयर’ अवार्डबाट सम्मानित
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त
Girl dies, one injured in elephant attack
सुदृढ प्रहरी सङ्गठनका लागि रणनीतिक सम्मेलन महत्त्वपूर्ण : गृहमन्त्री अर्याल
HPV vaccination campaign for girls across the country begins today
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज कति छ सुनको भाउ ?
२१ फागुनको चुनाव एकै चरणमा हुन्छ : प्रधानमन्त्री कार्की
कस्ताे रहला आज देशभरकाे माैसम ?
प्रतिक्रिया