बिपीका विचार नमान्दा पार्टी कमजोर भएको नेता कोइरालाको गुनासो

काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता डा शशाङ्क कोइरालाले पार्टीभित्र रहेको इतिहास र विचारका कारण काङ्ग्रेस अरु पार्टीभन्दा बलियो रहेको बताएका छन् ।
नेपाली काङ्ग्रेस र नेविसङ्घ लमजुङ–काठमाडौँ सम्पर्क समितिले दसैँ, तिहार तथा छठ पर्वका अवसरमा आज काठमाडौंमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले पछिल्लो समय काङ्ग्रेसभित्र बिपीको विचार समाप्त हुने डर रहेको बताए ।
“बिपीको विचारमा उभिएर पार्टी अगाडि बढेकाले आपसी एकताका साथ बिपीको विचार अङ्गालेमा काङ्ग्रेसलाई कुनै शक्तिले हराउन सक्दैन,” नेता कोइरालाले भने । उनले बिपी कोइरालाको पहिलो सरकारको पालामा नेपालमा विकासको ढोका खुलेको स्मरण गर्दै देशमा भएको सम्भावनालाई उच्चतम प्रयोग गरी विकास र समृद्धिका लागि पार्टीका नेता कार्यकर्ता लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा काङ्ग्रेसका नेता दीलबहादुर घर्तीले १२ बुँदे सम्झौताका आधारमा देशमा शान्ति र स्थिरता कायम भएको बताउँदै अहिलेको संविधान काङ्ग्रेसको नेतृत्वमा जारी भएकाले कार्यान्वयनको जिम्मेवारी पनि काङ्ग्रेसको काँधमा रहेको उल्लेख गरे ।
काङ्ग्रेस केन्द्रीय सदस्य नानु बाँस्तोला र लक्ष्मी खतिवडाले पार्टीलाई कमजोर बनाउन विभिन्न शक्ति लागेको भन्दै सचेत भएर अगाडि बढ्नुपर्ने बेला आएको बताए । काङ्ग्रेस लमजुङका सभापति डा टकराज गुरुङ र पूर्व सभापति भेषबहादुर पौडेलले लमजुङमा पार्टीलाई विजय बनाउन काठमाडौँमा बसोबास गर्ने कार्यकर्ताको ठूलो भूमिका रहेको बताए ।
संविधानसभा सदस्य चन्द्रबहादुर कुँवर, पूर्व सहायकमन्त्री डा रामचन्द्र अधिकारी, काङ्ग्रेस गण्डकी प्रदेशका सङ्गठन विभाग प्रमुख हरि बराल, नेविसङ्घका पूर्व कोषाध्यक्ष शिव रिमाल, नेविसङ्घ लमजुङ काठमाडौँ सम्पर्क समितिका अध्यक्ष डिवी पराजुलीलगायतले लमजुङमा अग्रजले गरेको त्यागलाई आत्मासाथ गर्दै काङ्ग्रेसको सङ्गठन विस्तारमा जुट्नुपर्ने बताएका थिए ।
नेपाली काङ्ग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिका सभापति प्रदीपराज अधिकारी, सचिव रमेश अधिकारीलगायतले पार्टीभित्र युवा पुस्तालाई अगाडि बढाउन जरुरी रहेको बताए ।
















Infrastructures development face systemic problems: President Thapa
Nepal Batas MAW Commercial Vehicles Expands Volvo Eicher Network with New 3S Facility in Itahari
जस्मिन पेन्ट्सको ‘जापान भ्रमण’ योजनाको विजेतालाई टिकट हस्तान्तरण
नेकपाको मागअनुसार सिंगाे मुलुक निर्वाचनमा होमिएको छ : प्रचण्ड
बङ्गलादेशी महिलाहरूद्वारा प्रतिनिधित्वको माग गर्दै प्रदर्शन
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
बैतडी बस दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
प्रतिक्रिया