बनेपामा पनि क्यान्सर रोगको उपचार गरिने

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोको पुरानो अस्पताल बनेपास्थित शिर मेमोरियल अस्पतालमा क्यान्सर रोगको पनि उपचार सुरु गरिने भएको छ ।
विसं २०१७ मा स्थापित सो अस्पतालमा आउँदो कात्तिक १० गतेदेखि सबै प्रकारका क्यान्सर रोगको उपचारका लागि तयारी थालिएको जनाइएको छ । विभिन प्रकारका रोगको उपचार हुने सबैभन्दा पुरानो उक्त अस्पतालमा हाल एक सय ५० श्याबाट उपचार सेवा प्रदान हुँदै आएको छ । क्यान्सर रोगका बिरामीलाई रिफर गर्नु नपर्ने गरी १२ शय्याको विभागबाट उपचार सेवा सुरु गरिने अस्पतालका मेडिकल डाईरेक्टर डा एन्जिला बस्नेतले बताए । उनका अनुसार सुरुमा क्यान्सर रोग पहिचान गर्ने र प्रमाणित भएमा त्यसको उपचारार्थ ‘केमो–थेरापी’ लगायत सेवा प्रदान गरिनेछ ।
यस्तै क्यान्सरका बिरामीका लागि सघन उपचार कक्ष (शय्या)को व्यवस्था गरिएको छ भने केमोथेरापी सेवाको व्यवस्थाका साथै विशेषज्ञ चिकित्सक र नर्सलाई तालिम पनि दिईसकिएको छ । क्यान्सर भएपछि हुने शारीरिक, मानसिक तथा आर्थिक तनाव कम गर्ने उद्देश्यले यस अस्पतालबाट सेवा दिन थालिएको उनले बताए । “क्यान्सरको उपचार पनि महँगो छैन”, निर्देशक बस्नेतले भने । उपचारसँगै नागरिकमा क्यान्सरबारे सचेतना फैलाउने अभियान सुरु गर्ने योजना अस्पतालले बनाएको छ ।
यस्तै महिलाका लागि हरेक महिना एकपटक आफै ‘ब्रेस्ट चेक’ गर्न अनुरोध गर्नाका साथै खानपान र रहनसहनमा पनि ध्यान दिन अनुरोध गरिने उनले बताए । अस्पतालका निमित्त प्रमुख कार्यकारी अधिकृत सुन्दर थापाले हरेक दिन क्यान्सरका बिरामी बढिरहेको पाइएको तर बिरामीले सहज र नियमित उपचार सेवा नपाउँदा मानसिक तथा शारीरिकरूपमा थप अशक्त हुँदै गएको अवस्थामा यस अस्पतालमा उक्त रोगका बिरामीको उपचार सुरु गर्न लागिएको जानकारी दिए ।
यसैबीच विश्वव्यापीरूपमा स्तन क्यान्सर जागरुकता महिना (अक्टोबर)को अवसरमा स्तन क्यान्सरबारे सचेतनाका लागि नेपाल क्यान्सर रोग निवारण संस्था काभ्रेपलाञ्चोक शाखाले उक्त अस्पतालको सहकार्यमा कात्तिक ३ गते बनेपामा वृहत् ¥यालीे आयोजना गर्ने भएको छ । रोग लाग्नै नदिने र लागिहाले समयमै उपचार गरी सरल जीवनयापन गर्न उत्प्रेरणा प्रदान गर्ने उद्देश्यले उक्त ¥याली आयोजना गर्न लागिएको उनले बताए ।
















Infrastructures development face systemic problems: President Thapa
Nepal Batas MAW Commercial Vehicles Expands Volvo Eicher Network with New 3S Facility in Itahari
जस्मिन पेन्ट्सको ‘जापान भ्रमण’ योजनाको विजेतालाई टिकट हस्तान्तरण
नेकपाको मागअनुसार सिंगाे मुलुक निर्वाचनमा होमिएको छ : प्रचण्ड
बङ्गलादेशी महिलाहरूद्वारा प्रतिनिधित्वको माग गर्दै प्रदर्शन
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
बैतडी बस दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
प्रतिक्रिया