कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने एमालेको निर्णय
मेरोन्यूज
२०८० कार्तिक १ गते ११:५०

काठमाडौं । नेकपा एमालेले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने निर्णय लिएको छ।
बुधबार बिहान बसेको एमालेको कोशी संसदीय दलको बैठकले सो निर्णय लिएको प्रमुख सचेतक रेवती भण्डारीले जानकारी दिए।
११ बजे सुरु हुने भनेको प्रदेशसभा बैठक दलहरूका आन्तरिक बैठक र छलफलका कारण ढिलामात्र सुरु हुने बताइएको छ ।
एमालेका ३९ र कांग्रेसका ८ सांसदको सहयोगमा कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए। आज बुधवार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।
उनलाई माओवादी केन्द्र, एकीकृत समाजवादी जस्ता दलहरूले पनि विश्वासको मत दिने बताइसकेका छन्। यस्तै राप्रपा र जसपाले नदिने जनाएका छन् ।
सम्बन्धित
















Infrastructures development face systemic problems: President Thapa
Nepal Batas MAW Commercial Vehicles Expands Volvo Eicher Network with New 3S Facility in Itahari
जस्मिन पेन्ट्सको ‘जापान भ्रमण’ योजनाको विजेतालाई टिकट हस्तान्तरण
नेकपाको मागअनुसार सिंगाे मुलुक निर्वाचनमा होमिएको छ : प्रचण्ड
बङ्गलादेशी महिलाहरूद्वारा प्रतिनिधित्वको माग गर्दै प्रदर्शन
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
बैतडी बस दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
प्रतिक्रिया